काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसर पुगेका कानुन व्यवसायी र प्रहरीविच झडप भएको छ । झडपमाकेहीकानुन व्यवसायी घाइते भएको नेपाल बार एशोसिएशनले जनाएको छ।

आफूहरूले विगतदेखि नै शान्तिपूर्ण रूपमा विरोध जनाउँदै आएको भए पनि बिहीवार उपस्थित वकिलहरूको सङ्ख्या धेरै भएकाले अदालतमा धर्ना दिने क्रममा माइक समेत राखेर कार्यक्रम गर्न खोजिएको तर प्रहरीले हस्तक्षेप गरेको थियो । हस्पतक्षेपकोक्रममा झडप भएको बारका महासचिव लीलामणी पौडेलले जानकारी दिनु भयो ।

आफूहरूले त्यस्तो नगर्न आग्रह गर्दा प्रहरीले लट्ठी प्रहार गरेको र त्यसपछि दुई पक्षबीच ूधकेलाधकेल र हातपातू भएको उहाँको भनाई छ ।

बारले प्रधानन्यायाधीशविरुद्ध अभियान जारी राख्ने उहाँलेबताउनु भएको छ । प्रधानन्यायाधीश जबरामाथि यतिबेला राजीनामा दिन चौतर्फी दबाव परेको । मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्ने विषयले चर्चा पाएपछि उहाँको आलोचना चुलिएको छ ।

सर्वोच्च अदालत र सरकारका प्रवक्ताले त्यो आरोप अस्वीकार गरिसकेका छन्। उनको मागअनुसार बनाइएका भनिएका मन्त्रीले पनि पदबाट राजीनामा दिइसक्नु भएको छ ।