धरान / लामो समयदेखि विवादमा रहेको नेकपा(एमाले) जिल्ला कमिटी सुनसरी अन्तत विवादका विच नयाँ अधिवेशन आयोजक कमिटी बनेको छ ।
इनरुवास्थित ओम साई पार्टी प्यालेसमा बुधबार आयोजित संयुक्त बैठकले इनरुवा नगरपाकिालका पूर्व मेयर खेमराज पोख्रेलको संयोजकत्वमा जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरेको हो । कमिटीको उपाध्यक्षमा नन्दकुमार बस्नेत र निलम खनाल रहेका छन् । सचिवमा सत्रुधन यादव र पर्शुराम यादव र रहनु भएको छ । यस्तै, उपसचिवमा लिलम बस्नेत र लोकेश निरौलालाई जिम्मेवारी दिइएको छ । आगामी पुस मसान्त भित्र जिल्ला अधिवेशन गर्ने गरि आयोजक कमिटी बनाइएको हो ।
रेवतीरमण भण्डारीको अध्यक्षतामा रहेको पक्षको कमिटी र रमेश बस्नेत कार्यवाहक अध्यक्ष रहेको जेठ २ अघिको कमिटीको संयुक्त बैठकमा दुवै जनालाई अध्यक्षता नगराउने नेताहरु विच सहमति भएको थियो । बैठकको अध्यक्षता केन्द्रीय सदस्य धर्मराज निरौलाले गर्नु भएको थियो । बैठकमा प्रमुख अतिथि एमाले पार्टी सचिव तथा १ नम्बर प्रदेश इञ्चार्ज भीम आचार्य र बिशेष अतिथि १ नम्बर प्रदेश प्रमुख देवराज घिमिरे रहनु भएको थियो । भण्डारी पक्ष र बस्नेत पक्षका दुवै तिरका सदस्यहरुलाई जिल्ला कमिटीमा ल्याइने सहमति भएको छ ।
धरानमा रहेका रमेश बस्नेत पक्षकाले गरे बैठक बहिष्कार
संयुक्त बैठकलाई जेठ २ पक्षको कमिटीका धरानका जिल्ला सदस्यहरुले भने बहिष्कार गरेका छन् । बुधबार बिहान धरानको होटल ड्रिमल्याण्डमा बसेको बैठकले १० बुँदे, पार्टी निर्णय र कार्यदलको निर्णय विपरीत कमिटी गठन हुने गरि बसाएको बैठक वैध नहुने भन्दै उपस्थित नहुने निर्णय गरेको थियो । बैठकमा अध्यक्ष बस्नेतलगायत नेताहरु कोही पनि उपस्थित हुनु भएन ।
तत्कालिन निर्वाचित अध्यक्ष चौधरी असन्तुष्ट

received_245749174211124-768x432
इटहरी उपमहानगरपालिकाका मेयर तथा पूर्व जिल्ला अध्यक्ष द्वारीकलाल चौधरीले आफु आधिकारिक अध्यक्ष भएको भन्दैं बैठकको अध्यक्ष आफुले गर्न पाउनु पर्ने भन्दैं मञ्चबा माइक खोख्नु भएको थियो । आफूले कार्यबहाक दिएका रमेश बस्नेतले पाउनु पर्ने नभए आफूले अध्यक्षता गर्न पाउनुपर्ने उहाँको भनाई थियो । होहल्लाहा भए पछि केही बेर बैठक अवरुद्ध भएको थियो । पार्टीमा केन्द्रले हस्तक्षेप गरि आफ्ना खोजीका मान्छेलाई अगाडी बढाइएको भन्दैं उहाँले आक्रोस व्यक्त गदैं बैठकबाट बाहिरीनु भएको थियो ।
उहाँले बुधबार नै विज्ञप्ति जारी गरि प्रदेश कमिटीका सदस्यलाई कार्यक्रम सञ्चालन र केन्द्रीय कमिटी सदस्यलाई बैठकको अध्यक्षता गर्न दिएको भन्दैं आपति जनाउनु भएको छ । विधानको व्यवस्थालाई उलंघन गरि बनाएको कमिटी अबैध भएको उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।