धरान / नेकपा (एमाले) सुनसरीको दुई कमिटीको संयुक्त बैठक गर्ने र तेस्रो व्यक्तिलाई जिल्ला अधिवेशन आयोजक अध्यक्ष बनाउने कुरा बाहिरीए पछि धरान क्षेत्रका नेता तथा कार्यकर्ताहरु असन्तुष्ट भएका छन् । नेताहरुको सहमतिप्रति रमेश बस्नेत र उहाँ पक्षीय जिल्ला कमिटीका नेताहरु बैठक बसी असहमति जनाएका हुन ।

१० बुँदे सहमति, पार्टीको निर्देशन विपरीत सुनसरी जिल्लाको संयुक्त बैठक र अधिवेशन आयोजक कमिटी गठनको सहमति गरेको भन्दै आजको बैठकमा बस्नेतसहित नेताहरु सहभागी नहुने निर्णय भएको एमाले नेता राजमणी निरौलाले जानकारी दिनु भयो ।

नेता बस्नेतले आजको संयुक्त बैठकबारे आफुलाई जानकारी नभएको र बैठकमा सहभागी पनि नहुने बताउनु भयो । उहाँले संयुक्त बैठकबारे आफ्नो सहमति नभएको र विधि, विधान, पार्टीको निर्देशन विपरीत हुने बैठक वैधता पनि नहुने उहाँको भनाई छ । नेताहरुले गरेको सहमति र संयुक्त बैठकबारे केन्द्रीय कार्यदल, प्रदेशको कार्यदलले आफुलाई केही नभनेको उहाँको भनाई छ । बैठकले आज हुने भनिएको सयुक्र बैठक आधिकारिक नभएको निष्कर्ष निकाल्दैं सहभागी नहुने जनाएका छन् ।
संयुक्त बैठकमा हुलदङगा हुने संकेत
सुनसरीमा एमालेको विवादले दुई पक्षमा विभाजन भएको छ । रेवती भण्डारी नेतृत्वले उहाँ निकट नेताको निर्देशनमा एक पक्षिय पार्टी गतिविधी गर्नु भएको थियो । यता रमेश बस्नेत नेतृत्वलाई उहाँ निकट नेताहरुले जिल्लाको नेतृत्व आफुले पाउने हो गतिविधी नगर्न भन्दैं रोकने काम भएको थियो । भण्डारीलाई पनि नेतृत्व आफुले नै पाउने हो भनेर उकासेका थिए । तर हिजो साँझ दुवैलाई नेतृत्व नदिने र तेश्रो व्यक्तिले पाउने भनेर सामाजिक सञ्जालमा आए पछि दुवै पक्षका नेता तथा कार्यकर्ता आक्रोसित भएका छन् । सयुक्त बैठक भाडिने श्रोतले बताएको छ । कही दिन अघि धरानको एक कार्यक्रममा एमाले केन्द्रीय सदस्य धर्मराज निरौलाले धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारीको विषयमा बोलेको कुरालाई लिएर विवाद उठने बताइएको छ । श्रोतका अनुसार धर्मराज निरौला बोलेको समयमा विवाद गर्ने तयारी भएको श्रोतले बताएको छ ।

252917297_221210929990900_7473478149585448508_n

254997031_3156501654561190_2825077645380446830_n