धरान / नेकपा एमाले धरान उपमहानगर कमिटीले संस्कृति जर्गेनालाई निरन्तरता दिन देउसीभैलो खेलेको छ ।
लामो समयदेखि जनतासँग भेटघाट पनि गर्न नपाएको र परम्परालाई निरन्तरता दिन पार्टीले देउसी कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले धरान उपमहानगर कमिटी अध्यक्ष नारायण सुवेदीले जानकारी दिनु भयो ।
देउसी कार्यक्रममा जेवि टुहुरेको ‘गाउँगाउँबाट उठ बस्ती बस्तीबाट उठ...’ गित पनि गुञ्जिएको थियो । ‘जनतासँग भेटघाट, शुभकामना आदनप्रदान र संंस्कतिको जर्गेना गर्न मौलिक देउसी खेल्ले काम भएको छ । ’– देउसीमा सहभागी नेकपा(एमाले) जिल्ला कमिटी सदस्य तथा धरान उपमहानगरपालिका १५ नं. वडाका वडाध्यक्ष नरेस इवारामले भन्नु भयो–‘जनताका गित आफै गाएर, देउसीका गित, मौलिक देउसी भनेर देउसी खेलिएको छ ।’
देउसी कार्यक्रममा एमालेका प्रदेश, जिल्ला, नगर,र वडा अध्यक्षहरुको सहभागी सहभागीता रहेको थियो ।
देउसीबाट पार्टीको कोषमा नगद दुई लाख जम्मा भएको नगर अध्यक्ष सुवेदीले जानकारी दिनु भयो । उक्त रकम जनताको काममा खर्च गरिने उहाँले बताउनु भयो ।

254679727_3154729204738435_7494876344265511867_n 253932701_3154729564738399_7906771917213186689_n 253849767_3154729541405068_1312513263426554739_n 254549202_3154729271405095_3842126226268189932_n