विराटनगर । नेकपा एमाले विवाद समाधान कार्यदलले सुनसरीकाे रमेश बस्नेत संयाेजक रहने गरि यस अघि भएकाे निर्णय कार्ययन्वय गरि महाधिवेशनकाे तयारी तथा संगनात्मक काम थाल्न निर्देशन दिएकाे छ ।

कार्यदलका संयाेजक सुवास नेम्माङ र सदस्य तथा पार्टीका प्रदेश इञ्चार्ज भीम आचार्यले कार्तिक ८ गते नै निर्देशन जारी गरि  जिल्लालाई सर्कुलर जारी गरेकाे हाे । पार्टी केन्द्रीय कमिटीकाे निर्णय, सहजिकरण कार्यदलकाे निर्णय, प्रदेश कमिटी सचिवालयकाे निर्णय र स्थानीय नेताहरूकाे सुझाव अनुसार संयाेजक बस्नेत, सह संयाेजक नन्द बस्नेत र निलम खनाल, सचिव पर्शुराम यादव, उपसचिव लिलम बस्नेत गरि पदाधिकारीमा जिम्मेवारी ताेकिएकाे कार्यदलका संयाेजक नेम्माङले जानकारी दिनु भयाे ।   उहाँका अनुसार साेही कमिटीले  पुस महिना भित्र अधिवेशन गर्ने छ । महाधिवेशनकाे तयारी र पार्टी संगठनकाे काम तत्काल कार्ययाेजना बनाएर अघि बढ्न निर्देशन दिएकाे संयाेजक नेम्माङले बताउनु भयाे । 

अन्य कमिटीकाे विवाद मिलाउन सुनसरी इञ्चार्ज धर्मराज निराैलाकाे संयाेजकत्वमा समिति बनाएकाे छ  । समितिमा भगवती चाैधरी, जगदिश कुसियत, तैयब हुसेन,  रेवती भण्डारी, रमेश बस्नेत र मुरारी सुवेदी रहनु भएकाे छ ।  सुनसरीमा रेवती भण्डारीकाे नेतृत्वमा अर्काे कमिटी हुदा पार्टीमा समस्या हुँदै आएकाे थियाे । यता भण्डारीले भने आफु नै आधिकारिक भएकाे भन्दै गतिविधी जारी राख्नु भएकाे छ ।