धरान / हंङकंङमा बसेर नेपाली सुगम संगितमा स्तरिय गीत - संगित पस्किने गायक ज्ञान सुब्बाले आफ्नो अर्को नयाँ गीत "सुखमा पनि दु :खमा पनि" को म्युजिक भिडियाेसहित आफ्नो युट्युब च्यानल मार्फतgeetkaar बुधबार सार्वजनिक गर्नु भएकाे छ । गीतकार राई डी हाङ्गखिमको शब्दमा बरीष्ठ  संगीतकार दिनेश सुब्बाको कर्णप्रिय संगीत रहेको गीतको संगीत संयोजन चाँद सिंहको रहेको छ भने मिन बिष्टले  मिक्सिङ्ग तथा मास्टरिङ्ग ग छर्न्नु भएकाे छ। 

सन्तोष ढुंगाना र जयन्ति भित्राकोटीको युगल अभिनय रहेको प्रेमभावको गीतको नृत्य सुनिल मगर , छायाँकन गोपाल मगर , सम्पादन बालकुमार मगर र निर्देशन बालकुमार मगर र मिङ्ग्मा योञ्जनको रहेको छ।  आफ्नो भिडियोमा नयाँ कलाकारहरुलाई पनि अभिनय गराइरहने गायक ज्ञान सुब्बाले यो गीतमा सन्तोष ढुंगाना र जयन्ति भित्राकोटीको नयाँ जोडीलाई मौका दिनु भएकाे छ । 

गीत हेर्न यहाँ क्लिक गर्नुहाेस्

gyan subba vdo (1)