धरान / यही कात्तिक ९ गते नेकपा(एमाले) धरान उपमहानगर कमिटीको अधिवेशनमा प्रमुख अतिथिका रुपमा आउनु भएका एमाले केन्द्रीय सदस्य तथा सुनसरी इञ्चार्ज धर्मराज निरौलाले सोही दिने मन्तव्य राखेको विषयलाई लिएर सामाजिक सञ्जालमा भएको टिकाटिप्पणी प्रति ध्यानाकर्षण भएको बताउनु भएको छ ।
उहाँले धरान उपमहानगरपालिकाकी उपमेयर तथा एमाले नेता मञ्जु भण्डारीप्रति लक्षित गरि लान्छिाना लगाउने मनायास नभएको बताउनु भएको छ । उहाँले ‘मैले बोलिरहदा कमरेड अथवा कुनै महिलाहरुप्रति अपमानित वा लान्छित गर्ने मेरो कुनै आसय मनसाय नरहेको व्यहोरा अनुरोध गर्दछु । मैले कुनै राजनीतिक पूर्वाग्रह, आग्रह राखेर नबोलेको प्रष्ट पार्न चाहान्छु ।’–उहाँले भन्नु भयो – ‘तथापी मैले राखेको मन्तव्यमा कही कतै तल माथि पर्न गएको कमरेडहरुलाई लागेको भए म क्षमा प्रार्थी छु ।’

नेकपा एमाले धरानकाे अधिवेशनमा सुनसरी इञ्चार्ज धर्म निराैलाले के भने ?