धरान । नेपाली कांग्रेस धरान उपमहानगरपालिका वडा नं. १० को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ (डिआईजि)को प्रमुख आतिथ्यतामा गत भदौ २१ गते भएको वडा अधिवेशनबाट निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्र्यक्रम सम्पन्न भएको हो । १० नं. वडामा पावल राईको सभापतित्वमा ४० जना सदस्य रहेका छन् । शुक्रबार धरान १९ स्थित हरियाली पार्कमा आयोजित पदस्थापन कार्यक्रममा विगत लामो समयदेखि पार्टीमा योगदान पुर्याउँदै आएका ज्येष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको थियो । ज्येष्ठ नागरिकहरु कृष्णबहादुर श्रेष्ठ, शिवप्रसाद चापाँगाई र प्रेम कुमार परियारलाई सम्मान गरिएको हो । यस्तै, धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन गरेर डाक्टर बन्न सफल भएका १० नं. वडाका डा. निष्कर्ष रिजाल शर्मा, कर्मचारी सुसन निरौला र केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारका लेक्चर ज्योति आचार्यलाई सम्मान गरिएको थियो ।

नेता एवं प्रदेशसभा सदस्य श्रेष्ठले अब हुन लागेको क्षेत्रिय र जिल्लाको अधिवेशन पार्टीको आन्तरिक चुनाव भएको कारण एकजुट भएर सफल बनाउनुपर्ने बताउनुभयो । उहाँले आगामी स्थानिय निर्वाचनमा नगरको मेयरदेखि लिएर सबै वडामा नेपाली काँग्रेसले विजय हासिल गर्ने गरी संगठनलाई बलियो बनाएर लानुपर्नेमा जोडदिनुभयो ।

पदस्थापन कार्यक्रममा नेपाली कांग्रेस धरानका निर्वतमान सभापति एवं मेयर तिलक राई, नगर सभापति श्याम पोखरेल, निर्वतमान वडा सभापति सुरेश निरौलालगायत नेताहरुले सम्बोधन गरेका थिए ।