धरान / नेकपा (एमाले) धरान उपमहानगर कमिटीको अधिवेशन अन्तर्गत धरानमा मंगलबार २०७५ जेष्ठ २ गते अघि बनेको कमिटीले सर्वसम्मत नेतृत्व चयन गरेको छ । यता सर्वोच्च अदालनको नेकपा खारेज पछि बनेको समुहले भने भोली नेतृत्व चयन गर्ने भन्दैं बन्दसत्र स्थगित गरेको छ ।

धरान १५ स्थित इजीराइडर होटलमा सम्पन्न अधिवेशनले नारायण सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ । नवगठित कमिटीको उपाध्यक्षमा राजमणि निरौला, सचिवमा पारस काङमाङ राई, उपसचिवमा राजेन्द्र राई र दिवस राई सर्वसम्मत चयन हुनु भएको छ । खुुल्ला सदस्यहरु २५ जना, दलित, महिला, आदीवासी जनजाती, युवा विद्यार्थी, मजदुरलगायत क्षेत्र गरि ८५ सदस्यी कमिटी बनाएको हो । आकाक्षी धेरै भए पनि विधान अनुसार अधिवेशनबाट ८५ सदस्यीय भन्दा ठूलो कमिटी बनाउन नमिल्ने भएकाले सबै क्षेत्रलाई समेटेर कमिटी बनाइएको नेकपा एमाले प्रदेश सदस्य प्रकाश राईले जानकारी दिनु भयो ।

अधिवेशनमा नेकपा एमाले केन्द्रीय सदस्य तथा सुनसरी इञ्चार्ज धर्मराज निरौला, प्रतिनिधी सभाका सदस्य तथा प्रदेश कमिटी सदस्य जयकुमार राई, प्रदेश सभा सदस्य सावित्री श्रेष्ठ, प्रदेश सदस्यहरुm जिल्ला सदस्यहरुलगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

हर्कजंग एभेङ समूह र नारायण सुवेदी समूहले अलग अलग स्थानमा अधिवेशन गरेका थिए । एकै स्थानमा अधिवेशन सम्पन्न गर्नका लागि दुई दिनसम्म वार्ता गरिएको भए पनि नेतृत्वको विषयलाई लिएर सहमति नभए पछि अलकअगल अधिवेशन गरिएको हो । अर्को समुहलाई पनि आफुहरु समेटेर लान तयार रहेको नव निर्वाचित अध्यक्ष नारायण सुवेदीले जानकारी दिनु भयो ।