धरान / नेकपा (एमाले) धरान उपमहानगर कमिटीको मंगलबार हुने नगर अधिवेशन दुई पक्षले अलग अलग छुट्टाछुट्टै स्थानमा गर्ने गरि प्रचार गरे पछि अधिकांश कार्यकर्ताहरुले बहिष्कार गर्ने जनाएका छन् ।
वडा नंं १३ र १६ का वडा कमिटी अध्यक्षहरुले विज्ञप्ति नै जारी गरि वडाबाट कुनै पनि प्रतिनीधि नपठाउने चेतावनी दिनु भएको छ ।

शनिबार सम्पन्न वडा अधिवेशनबाट निवार्चित १३ र १६ नम्बर वडा कमिटीका अध्यक्षद्धय घनश्याम तिम्सिना र दिलकुमार गिरीले आज संयुक्त विज्ञप्ती जारी गर्दै प्रतिनीधि नपाठउने चेतावनी दिनुभएको हो ।

दुवै अध्यक्षले नेताहरुको स्वार्थको लागि कार्यकर्ताहरुलाई अन्योलमा राखेर दुई स्थानमा नगर अधिवेशन तोकिएको भन्दै आम पार्टी कार्यकर्ताहरुको चाहना बमोजिम एक स्थानमा नभए उपस्थिति नरहने उहाँहरुले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
यस्तै धरानमा दुईस्थानमा छुट्टाछुटै अधिवेशन गर्ने पत्र सामाजिक सञ्जालमा आए पछि कार्यकर्ताहरुले नेतृत्वको तिव्र आलोचना गदैं सच्चिन चेतावनी दिएका छन् । एउटै स्थानमा कार्यक्रम गरेर नेतृत्व चयन गर्नसमेत उनीहरुले सुझाव दिएका छन् । युवा संघका नेता तथा नगर कमिटी सदस्य ठाकुर कार्कीले पार्टी सहमतिमा एक ढिक्का होस भन्नेमा दृड रहेको बताउदैं आफु नगरका नेताहरुले देखाएको जात्रामा सहभागी नहुने कुरा सामाजिक सञ्जालमा लेख्नु भएको छ ।
यस्तै धरान उपमहानगरपालिकाका न्यायपालिका सदस्य तथा ३ नं. वडाका एमाले नेता विकास बनेपालीले धरानमा एमाले नेताहरुले गरेको नाटक तत्काल बन्द गराउन प्रदेश, जिल्लाका नेताहरुलाई सामाजिक सञ्जालबाटै आग्रह गर्नु भएको छ ।
नेकपा एमाले धरान–१३ मा भरखरै सचिवको जिम्मेवारी पाउनु भएका विष्णु चौलागाईले एक भएर अधिबेदन गर्न दवाव दिनुभएको छ । नेतृत्वको नालायकीपन प्रति रोषसमेत व्यक्त गर्नु भएको छ । ‘के नेकपा एमाले सक्ने बिचार हो । तिमीहरुको ब्यक्तिगत स्वार्थको लागि कहिले सम्म सति जाने कार्यकर्ताले । यो जुँघाको लडाई कहिले बन्द गर्छौं । न कार्यकर्ताको इच्छा चाहाना बुझ्ने प्रयास गर्छौ न सुझाव लिन्छौ न नेताले भनेकै मान्छौ आखिर के पाउन कस्को स्वार्थमा यो सब गर्दै छौ । किन यो तल्लो स्तरमा गिर्दैछौ नालायक हो ।’–सचिव चौलागाईले फेसवकमा लेख्नुभएको छ ।

पछिल्लो जानकारी अनुसार अन्य वडाहरु २, ७, १२, १४, १५ र १८ नंं वडाहरुले पनि  नगर अधिवेशनमा प्रतिनीधि नपठाउने बताएका छन् ।
२०७५ जेठ २ अघिका धरान उपमहानगर कमिटीका कार्यवहाक अध्यक्ष नारायण सुवेदीले होटल इजिराइडरमा भोली अधिवेशन रहेको जानकारी दिदैं उपस्थितिको लागि अनुरोध सहितको पत्र सामाजिक सञ्जालमा आएको छ । यस्तै ओली गुटबाट बनाइएको कमिटीका अध्यक्ष हर्कजंग एभेङले धरानको शैनिक भवनमा अधिबेशन भएको सूचना सामाजिक सञ्जालमा आएको छ ।
एउटै स्थानमा अधिबेशन गर्ने विषयमा अनौपचारिक छलफल भइरहेको नगर नेता राजमणी निरौलाले बताउनु भयो ।

247242364_2663478980623967_5531951948554271600_n bikash banepali Capture bishnu thakur1 ghanshym

242915659_3003609723184936_6668898429685723447_n