धरान / लकडाउनको कारण लामो समयदेखि सांगितिक कार्यक्रम नभएको बेला स्टेज पर्फमर किङ्ग सविन राईले शनिवार वगरकोट तताउनु भयो ।
राईले आप्mनो टिम द प्mयारोको साथमा धरान १५ वगरकोट स्थित एमएच लाउन्ज एण्ड वारको हलमा लाइभ प्रस्तुति मार्फत उपस्थितलाई मनोरञ्जन दिलाउनु भयो ।
उहाँले नयाँ र पुरानो गरि डेढ दर्जन आप्mनो गितहरु प्रस्तुत गर्नु भएको थियो । सिग्नेचर सविन राई एण्ड द प्mयारो नेपाल टुर अन्तर्गत धरानमा भएको कार्यक्रमको टिकट कार्यक्रमको अघिल्लो दिन नै वुकिङ्ग हुनुले पनि सविन राईको क्रेज झल्किएको थियो ।
दुई सय ५० वटा टिकट इस्यु गरेको केहि समयमा नै टिकट र एमएचको सम्पुर्ण टेवल वुकिङ्ग फुल भएको एमएचका संचालक जिवन लिम्वुले बताउनु भयो । सविन राईको क्रेज र लामो समय धरानमा सांगितिक कार्यक्रम नभएकोले पनि टिकट तुरुन्तै विक्रि भएको लिम्वुले वताउन ुभयो। अत्यधिक दर्शकको उपस्थितिको कारण मेन गेट वन्द गरे पनि राईका प्रस्तुति सुरु भइसक्दा समेत प्रवेशको लागि दर्शकहरुको गेटमा घुइचो लागेको थियो । राईको प्रस्तुति अघि देखि नै दर्शकले सविन राईको नाम लिदै हललाई गुन्जयमान वनाएका थिए ।
साढे आठ वजे देखि १० वजे सम्म प्रस्तुति दिएको सविन राईको हरेक प्रस्तुतिमा दर्शकले संगै गाएर साथ दिए ।
नेपला टुर अन्र्तगत राईको टिमले कार्तिक ५ गते शुक्रवार विर्तामोड वाट सुरुवात गर्दै धरान आएका हुन । यस पछि ९ गते चितवन, १० गते वुटवल, १३ गते पोखरा र २७ गते काठमांडौमा प्रस्तुति दिदै टुरको समापन हुने व्याण्डका म्यानेजर विनोद लामाले जानकारी दिनु भयो । कार्यक्रममा सविन राईको प्रस्तुनि अघि स्थानिय कलाकार केशव राईको प्रस्तुति दिनु भएको थियो ।

received_588140672502427