धरान / निरन्तर बर्षाका कारण सप्तकोशीमा पानीको वहाव उच्च भएको छ । साँझ गरिएको मापन अनुसार कोशी व्यारेजमा पानीको वहाव १ लाख ८९ हजार ८ सय ३० क्युसेक प्रतिसेकेण्ड पुगेको डिएसपी कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल २६ वटा ढोका खोलिएको छ । सामान्यत सप्तकोशीका पानीको वहाव १ लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड माथि पुगे पछि सावधानी अपनाउने गरिन्छ । पूर्वीपहाडी क्षेत्रमा पानी निरनतर परेका कारण कोशीको वहाव उच्च भएको हो ।
इटहरी क्षेत्र डुवानमा
इटहरी–२० स्थित पानीपिया क्षेत्र ढुवानमा परेको छ । सडकसमेत अवरुद्ध हुदा कोशी राजमार्गको धरान इटहरी गर्ने यातायातका साधान अवरुद्ध भएका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केशीका अनुसार पानीपिया क्षेत्रका ६ घरका १५ जना डुवानमा परेका थिए । उनीहरुलाई नेपाली सेना, नेपाल प्रहरीको टोलीले उद्धार गरि सुरक्षित स्थानमा राखेको छ । इटहरीका अधिकांश स्थानमा पानी बाढी पसेको छ । सोमबार साँझदेखि परेको पानी रोकिएको छैन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा एसपी नरेन्द्र कार्कीका सुनसरीको दक्षिणी तथा पश्चिम क्षेत्रमा लगाइएको धानबालीमा बाढीले ठूलो क्षती गरेको छ । इनरुवा, इटहरी, दुहवीलगायतको क्षेत्र डुवानमा परेका छन् । पञ्चायन क्षेत्र डुवानमा परेको छ । प्रहरी चौकी पञ्चायनसमेत डुवानमा परेको डिएसपी कार्कीले बताउनु भयो ।
सुनसरीमा धरानमा दुई जना मानविय क्षती भएको वाहेक अन्य नागरिक सकुसल रहेको उहाँले जानकारी दिनु भयो । बाढी पहिरो नागरिकको सुरक्षा र उद्धारका लागि सबै प्रहरी संयन्त्र हाइ अलटमा राखिएको उहाँको भनाई छ ।