धरान / सोमबारदेखि अविरल परेको बर्षाको कारण घर पुरिदा धरानमा दुई जना बालबालिकाको ज्यान गएको छ मृत्यु हुनेमा धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु राई र ४ बर्षीय छोरा निहान राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
मंंगलबार दिउँसो पौने २ बजे घरमाथीबाट पहिरो झरी उनको १ तले टिनको छाना भएको घर पुरिदा सो घर भित्र रहेका दुई जना बच्चा समेत पुरिएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले दिउसो साढे ३ बजे दुईजना बच्चालाई मृत अबस्थामा फेला पारेको थियो ।

dharan2