अरुण उपत्यका
उचाईः               ४५७ मिटर
खाँदबारीबाट:     १३ किमी
धरानबाट:         ११९.४ किमी
खाँदबारी नगरपालिकामा पर्ने अरुण उपत्यका विश्वको सबैभन्दा होचो उपत्यका हो । यहाँ तुम्लिङटार, सतीघाट, मनकामना मन्दिरले प्रसिद्धि कमाएको छ ।
तुम्लिङटारबाट विश्वकै पाँचौँ अग्लो शिखर मकालु (८,४६३ मि) देख्न सकिने विशेषता अन्यत्र कहीँ पनि छैन । अरुण उपत्यका चरा र पुतली अवलोकन गर्न चाहनेका लागि पनि स्वर्ग हो । यहाँ विभिन्न ऐतिहासिक तथा धार्मिक स्थल र जातीय विविधिता पनि छ ।

arun velley
तीसको दशकको सुरुमै हवाई यातायातले राजधानी काठमाडौं र विराटनगरसँग जोडिए अरुण उपत्यकामा हेलिकप्टरबाट गाडी लगेर तुम्लिङटार खाँदबारी यातायात संचालन गरिएको थियो ।
तुम्लिङटार हवाई मैदानबाट करिब ४ किलोमिटर पश्चिममा रहेको मनकामना मन्दिरसँगै अरुण नदी किनारमा हरेक वर्ष हरिबोधनी एकादशीमा ठूलो मेला लाग्ने गरेको छ ।
अरुण उपत्यका पर्यापर्यटन तथा धार्मिक पर्यटनका दृष्टिले त महत्वपूर्ण छ । माझ किराँत, वल््लो र पल्लो किराँत क्षेत्र, नेपाल एकीकरण अभियानसँग जोडिएको मनकामना देवीको कथा रोचक र तथ्यपरक रहेको छ ।
शैक्षिक अभियन्ता आबाल ब्रह्मचारी बालागुरु षडानन्द अधिकारी (दिङ्ला), सतिप्रथा अन्त्यको माग गर्दै योगमाया न्यौपानले ६८ जना अनुयायीका साथ जलसमाधि लिएको स्थान हो सतीघाट । यो मनकामना मन्दिरनजिकै रहेको छ ।

अरुण उपत्यकाको विशेषता
चीनको तिब्बतबाट बगेर आउने अरुण नदी सप्तकोसीको मुख्य सहायक नदी हो । अरुणको मुख्य सहायक नदी बरुण हो । कञ्चन पानी बग्ने बरुणको शिर मकालु हिमाल हो । अरुण नदीमा ८३ प्रजातिका माछा पाइने बताइन्छ ।
यहाँको उत्पादन
अरुण उपत्यकामा उखु र त्यसबाट बनाएको सखर प्रसिद्ध छ । यहाँ पुग्दा औषधीय गुण भएको सखर कोशेली लान सकिन्छ । अनि सभा खोलाका पेरुङगामा पाइने साना माछा यहाँका कोसेली हुन ।
कसरी पुग्ने
विराटनगरबाट २० मिनेटको हवाई यात्राबाट
काठमाडौंबाट ३० मिनेटको हवाई यात्राबाट
धरानबाट ट्याक्सी, वसबाट ५ घण्टाको यात्रा गरे पछि पुग्न सकिन्छ ।
बालेश्वर गुफा(सूचिकृत गन्तव्य)

दबिभकजयच ःबलमषच 1
तुम्लिङटारबाटः २० किमी
धरानबाटः ११७.५ किमी
संखुवासभाको चैनपुर (पौराणिक कालको हिमालय अधिराज्यको चन्द्रपूर)मा अवस्थित बालेश्वर गुफा भित्रको प्राकृतिक शिवलिङ्ग बिश्व कै ठूलो र अलौकिक मानिन्छ । श्री स्कन्द पुराण केदारखण्डको श्री स्वस्थानी ब्रतकथा अनुसार चन्द्रपूरमा पुगे पछि सती देवीको दक्षीण वा दाहिने नेत्र पतन भएको भन्ने भनाई छ । त्यस पुन्यभुमिमा अष्टवसु आएर तपस्या गरि बरदान पाएको भनि उल्लेख गरिएको छ ।
बास्तुशस्त्रमा यिनै देबताहरुको बासस्थान वा दिशालाई आधार मानिन्छ । यसरी धर्मिक तथा पौराणिक दृष्टिले यो ठाऊँको अलैकिक महत्व रहेको छ । यो धर्तिमा कुनै भुकम्प, बाढी पहिरो, आगालागी, खडेरी, महामारी जस्ता महाबिपत्तिहरु आउँदा यस स्थानमा गई शिवशक्तीको उपासना गरि दश दिक्पालहरुलाई प्राथना गरेमा त्यसबाट बिश्वले नै उन्मुक्ती पाऊने शास्त्रमा उल्लेख गरिएको छ ।
मेला
यहाँ बालाचतुर्थिमा ठूलो मेला लाग्छ ।

मनाकामना मन्दिर
संखुवासभामा धार्मिक पर्यटकहरुको लागी मनकामना मन्दिर अर्को गन्तब्य स्थल हो । खाँदबारी नगरपालिका वाड नं १३ मा रहेको यो मन्दिर स्थानिय जनसमुदायको लागि महत्वपूर्ण धार्मिक स्थलको रुपमा रहेको छ । तुम्लीङटार विमानस्थलबाट करिव २ घण्टा उत्तरतर्फ हिडे पछि मनकामना मन्दिर क्षेत्रमा पुगिन्छ । मन्दिरसम्म गाडी पनि जान्छन् । वरिपरीको प्राकृतिक वातावरण रमणीय रहेको यो मन्दिरमा महत्वपूर्ण मानिने नेपाली चार्डपर्वहरुको अवसरमा मेला पनि लाग्ने गर्दछ ।
शिवधारा
खाँदबारीबाटः १३२ किमी उत्तर
संखुवासभाको शिवधारा प्रख्यात पर्यटकिय स्थल हो । यो ठाउँ सदरमुकाम खाँदबारी बाट करिव ४० कोष अर्थात १३२ किमि उत्तर मकालु गाविसको उत्तरी भागमा पर्दछ । यहाँ करिब ८ हजार मानिस अटाउन सक्ने गुफा भएको विश्वास गरिन्छ । यहाको अर्को आकर्षण करिब ६० मीटर को उचाईबाट पानीको छहरा खस्ने गर्दछ । शिवधारामा स्नान र पूजाआजा गरेमा सम्पूर्ण पापहरु नष्ट हुने विश्वास समेत रहेको पाईन्छ । यहाँ प्रत्यक बर्षको जनै पूणिर्माको दिन मेला लाग्ने गर्दछ । खाँदबारीबाट करिब ६ दिनको यात्रामा पुगिने शिवधारा जादा प्राकृतिक दृश्यावलोकन समेत गर्न सकिन्छ । यो ट्रृकिङका लागि उपयुक्त मानिन्छ ।

गुफा पोखरी 

नषउजब उयपजबचष
संखुवासभा जिल्लाको चैनपुरस्थित गुफा गाउँको उत्तरी भेगमा रहेको छ गुफा पोखरी । यस बस्तीको नाम समेत गुफा पोखरी नै राखिएको छ । समुद्रि सतहदेखि २८९० मिटरको उचाइमा रहेको गुफा पोखरी हिन्दू र बौद्ध धर्मावलम्बीहरु तिर्थ स्थल पनि हो । क्षणिक मौसम परिवर्तन भइरहने गुफापोखरी पुग्न कठिन छ तर त्यहाँ पुगेपछिको आनन्द भने असिम छ ।

न्यून संख्यामा स्वदेशी र नगन्य संख्यामा बिदेशी पर्यटक पुग्ने गुफा पोखरी क्षेत्र गुराँसको जंगल छिचोल्दै पुग्नुपर्छ । यस क्षेत्र घुम्ने उपयुक्त महिना भदौदेखि कात्तिक र फागुनदेखि बैशाख हो । हिउँदमा भने हिउँ परेर निकै चिसो हुने गर्छ । वर्षाको भर नहुने भएकोले रेनकोट बोक्न भने आवश्यक हुन्छ ।

 यस पोखरी भन्दा केही पर रहेको मन्छायम् नामक डाँडा पछाडि विशाल गुफा रहेको हुनाले गुफाको नामबाट पोखरीको नाम रहन गएको स्थानीयहरु बताउछन् । बिसौं शताब्दीमा गुफामा बसेर पुजारीहरुले ध्यान गर्ने गरेको र उनीहरुले पोखरीको नाम नै गुफा पोखरी राखेको किमदन्ती छ ।

अझै पनि मानिसहरु आफ्नो मनोकामना पुरा गर्न यहाँ आउने गर्छन् । गुराँसको राजधानी भनेर चिनिने टिएम्जे क्षेत्र भित्र गुफा पोखरी पर्छ । यहाँसम्म आउँदा भने तेह्रथुम जिल्ला अथवा ताप्लेजुङ हुँदै आउनुपर्ने भएकोले बिच बाटोमा तिनजुरे, मिल्के र जलजले क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ जातको गुराँसको घना जंगल देखिन्छ ।

 मौसम खुलेको दिन यहाँबाट मकालु, कचंनजंघा र सगरमाथा हिमाल समेत अवलोकन गर्न सकिन्छ । पोखरी आसपासको जंगलमा ३० प्रकारका स्तनधारी, २७४ प्रकारका चरा, २५ प्रकारका किरा, ८ प्रकारका माछा, ६ प्रकारका घस्रने जीव र ३ प्रकारका भ्यागुता पाइन्छन् । गुफा पोखरीमा रहेको पानीको श्रोत मूलको पानी हो ।

गुफा पोखरीसँगै गुफा बजार नामक बस्ती रहेको छ । यस बजारमा १६ घरधुरीले होटल व्यवसाय गरेर बसेका छन् भने ५० घर रहेका छन् । यस बस्तीमा शेर्पा जातीको बाहुल्य रहेको छ । अधिकाँश शेर्पा दम्पत्तिहरुले चलाएको होटलहरुमा छुर्पी तथा घिउ हालेर बनाएको तरकारी र बंगुरको मासुको परिकार पाइन्छ ।

यहाँका सबै होटलले स्थानीय परिकार, याकको मासुको सुकुटी, छुर्पी , लोकल कुखुरा, हिमाली सिमीको दालले आतिथ्य सत्कार गर्ने गरेका छन् । यहाँ तोङबा पनि खान पाइन्छ ।

खर्च र बसाई
काठमाडौबाट बेलुकी ४ः३० बजे धरानको लागि बस छुट्ने गर्छ । बिहान ७ बजे धरानमा ओर्लिएर सो दिन बास बसेर भोलिपल्ट बिहान ९ बजे धरानबाट तेह्रथुमको बसन्तपुरसम्म जाने बस पाइन्छ । बसन्तपुरबाट अर्को दिन जिप चढेर गुफा पोखरी पुगिन्छ तर गाडी गुड्न बाटो कठिन भएकोले एक बिहानै हिंडेर साँझ पुगिन्छ । बस भने कहिलेकाहिँ मात्र चले पनि पोखरीसम्मै नपुग्ने हुँदा ३ घण्टा हिड्नुपर्छ । रु १८००० को खर्चमा गुफा पोखरी पुगेर फर्किन सकिन्छ तर आसपासको अन्य क्षेत्रहरुका लागि भने खर्च बढ्छ ।
मकालु बरूण राष्ट्रिय निकुञ्ज
तुम्लिङटारबाट        ३९. ८ किमी
किमाथाङकाबाट  ३५.४ किमी
जोगमनीबाट  १४१ किमी
क्षेत्रफल २,३३० किमी (९०० वर्ग माइल)
स्थापना सन् १९९२
विश्वको सबै भन्दा उचाईमा रहेको संरक्षित क्षेत्र
उचाईः ४३५देखि ८००० मिटर

Makalu-Barun-National-Park मकालु-बरुण राष्ट्रिय निकुञ्जको स्थापना बि. सं. २०४९ (सन १९९२)मा भएको हो, जसको नामाकरण मकालु हिमालको नामबाट गरिएको हो । यसको प्रशासनिक तथा ब्यबस्थापनका कार्य नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट हुने गर्छ भने सहयोगिको रूपमा द माउन्टेन ईन्टिच्युटस त्जभ ःयगलतबष्ल क्ष्लकतष्तगतभ’क ष्लष्तष्बतष्खभ (संरक्षित क्षेत्र तथा समुदाय विकासलाई समाहित गराई लग्ने नविन संरक्षण नमुना)ले कार्य गर्दै आएको छ ।
अरुण नदीको छेउछाउका उष्ण जंगल देखि हिमालयको उच्च भाग सम्म फैलिएको छ । यो समुद्री सतहबाट ४३५ मिटरदेखि ८००० मिटरसम्मको उचाईमा फैलिएको संरक्षित क्षेत्र हो ।
४००० मि भन्दा बढी उँचाइमा रहेका उच्च पहाडी खर्कमा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने सुनपाते, सुगन्धित झारपातहरू तथा जंगली फूलहरू पाइन्छन । उच्च पहाडी जंगलमा देवदार, भोजपत्र र लालीगुराँस तथा २००० देखि ४००० मि। उँचाइको समशीतोष्ण क्षेत्रमा निगालो, अर्खौलो, फिरफिरे र पूर्वेली चाँप पाइन्छन ।
वनस्पति तथा वन्यजन्तुहरू

makalu-base-camp-trek-1024x516 मुख्यतः कस्तुरी मृग, हिमाली कालो भालु, हिउँ चितुवा, रातो पाण्डा लगायत ४३१ प्रकारका चराचुरुङ्गीहरू पाइन्छन । २५ प्रजातिका लाली गुराँसहरू । ४७ प्रजातिका अर्किड ९इचअजष्म० तथा ५६ अन्य दुर्लभ प्रजातिका वनस्पतिहरू पाइन्छन् ।
उँचाइ र हावापानीको विविधताको संयोगले गर्दा यो निकुञ्ज विविध किसिमका वनस्पति र वन्यजन्तुको लागि धनी छ । यहाँका प्राकृतिक इकोसिष्टम तथा प्रक्रियाहरू वैज्ञानिक अध्ययन, वातावरणीय निर्देशन, शिक्षा र प्रजनन स्रोतहरूको निर्वाहका लागि महत्वपूर्ण प्राकृतिक सम्पदा मनिन्छन् ।
तथ्याङ्क श्रोतः राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
मकालु आधार शिविर
ट्रेक अवधीः १५–२० दिन
उचाईः ५२५० मिटर
मकालु हिमाल सङ्खुवासभा जिल्लामा पर्दछ । मकालु आठ हजार चार सय ६३ मिटरको विश्वको पाँचौं अग्लो शिखर हा । यो हिमालको आधार शिविर विश्वको लोकप्रिय ट्रेकिङ रुट हो भन्ने कुरा नेपाली कमैलाई थाहा छ । यहाँ विदेशी पर्यटकहरु यो रुटमा पैदल यात्रा गर्ने गर्दछन् ।
यो रुट सङ्खुवासभाको तुम्लिङटार विमानस्थलबाट शुरु भएको छ । विश्वको होचो उपत्यका अरुण उपत्यकाबाट टे«किङ शुरु हुन्छ । संखुवासभाको नुमसम्म गाडी पुगेकाले त्यहाँबाट जाँदा भने १४ दिन मै मकालु पुग्न सकिन्छ । जल्ला सदरमुकाम खादवारीबाट ४ घण्टा सवारीमा यात्रा पछि नुम पुग्न सकिन्छ । यो रुटको सबैभन्दा उच्च तह पाँच हजार मिटरसम्म रहेको छ ।
खर्च
विदेशी पर्यटकका लागि यो रुटको खर्च करिब दुई लाख रुपैयाँ लाग्छ । नेपालीहरु यत्रो लामो अवधीको यात्रा हालसम्म गरेका छैनन् ।

प्रकाशाेन्मुख 'प्रदेश १ का पर्यटकीय गन्तव्यहरु' पुस्तकबाट