धरान / हाम्रो घर आँगनमा भित्रीएको वडादशैंमा हुने अपराधिक गतिविधी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले व्यापक प्रहरी परिचालन गरेको छ ।
सुनसरीमा चाडपर्वलाई लक्षित गरेर १ हजार २७ जना प्रहरी परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार सादा पोसाक, पिकेट टोली, पैदल गस्ती, सप्राइज चेकिङ, राजमार्ग सुरक्षा, ट्राफिक व्यवस्थापन, धार्मिक क्षेत्रको सुरक्षा र व्यवस्थापन, यातायात सुरक्षा र व्यवस्था र विभिन्न सरकारी कार्यालयको सुरक्षा गरी जिल्लाभर १०२७ जना प्रहरी परिचालन गरिएको छ।

चाडपर्वको बेलामा हुन सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण तथा न्यूनीकरण गर्नका लागि गएको असोज १ गते देखिनै प्रहरी परिचालन गरिएको एसपी थापाले बताउनु भयो । धरानमा मात्रै १६० जना प्रहरी परिचालन गरिएको छ । ‘सुरक्षा व्यवस्था मजवुद बनाउन कुनै पनि प्रहरीलाई विदा जान दिएका छैनौं । जनताको सुरक्षा हामी गछौं । तडकभडक नगरि दशै मनाउन हाम्रो अनुरोध छ ।’–एसपी थापाले भन्नु भयो ।
प्रमुख जिल्ला अधिकारीको अगुवाईमा एकिकृत सुरक्षान योजना पनि बनाइएको छ । चाडपर्व सुरक्षाका लाष् िजिल्लामा ८ सय सशस्त्र प्रहरी पनि परिचालन गरिएको बताइएको छ । ।