धरान / नेकपा एमाले धरान उपमहानगर कमिटीले दशैलगायत चाडपर्वको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको छ ।
सोमबार धरानस्थित सुनसरी उद्योग बाणिज्य संघकोसभा हलमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य धर्मराज निरौलाले पार्टी एक ढिक्का भएर एमालेको अभियान लिएर गाउँगाउँ जानु पर्ने बताउनु भयो । एमालेका लोकप्रिय कार्यक्रमहरु ज्नतासम्म पु¥याएर एमालेलाई ठूलो शक्ति बनाउन मनमुटाव त्यागेर एक जुट हुनु पर्ने बताउनु भयो ।

245482281_572759614040472_1851276039180555638_n कर्यक्रममा सुनसरी क्षेत्र नंं १ का संघीय सांसद जयकुमार राई, नेकपा एमाले जिल्ला संयोजक रमेश बस्नेतले सहकार्य र एकता आजको आवश्यकता भएको औल्याउनु भयो । कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, माओवादी केन्द्रका धरान सहसंयोजक चोत्लुङ, सुुुुुनसरी उद्यााेाे  बाणिज्य संयका बरिष्ठ  उपााध्धय शिवराज श्रेेष्ठ  लगायतलेे शुुुुभकामनाा  मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा एमाले प्रदेश सदस्य एवं प्रदेश सांसद सावित्र जोशी, प्रदेश सदस्य प्रकाश राई , प्रदेश सदस्य एबम सुनसरी सचिव नन्द बस्नेत, प्रदेश सदस्य डिवी शाह शंकर, वडा समितिको अध्यक्षहरु अगुवा कार्यकर्ता युवा , जनवर्गिय सगठनका नेता, जिल्ला कमिटी, प्रदेश कमिटीसदस्यको उपस्थित रहेको थियो नारायण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत नगर नेता पारस काङमाङले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन नगर सचिव राजमणी निरौलाले गर्नु भएको थियो ।

245305264_401941368160434_5845825236697815131_n