धरान / प्रदेश १ सरकारले प्रदेश पर्यटन बोर्ड तथा प्रदेश खेलकुद विकास बोर्ड गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले ६ जना पर्यटन बोर्ड सदस्यहरु नियुक्ति गर्ने निर्णय गरेको छ । विगत १० बषर््देखि उद्योग तथा पर्यटन क्षेत्रमा काम गरेका व्यक्तिहरु नियुक्ति गर्ने भन्ने प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ अनुसार फणिन्द्र अधिकारी(विराटनगर), देवि गौतम(सुनसरी), भीम राज राई(सोलु), उमेश घिमिरे(धनकुटा), प्रेरणा थापा(इटहरी), र इन्दिरा श्रेष्ठ (विर्तामोड)लाई बोर्डमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री लक्ष्मण तिवारीका अनुसार । नियमालीमा ११ सदस्य कार्यसमिति हुने व्यवस्था छ । यसको अध्यक्ष उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिव रहने छन् । एक जना अर्थ मन्त्रालयको अधिकृत, एक जना मुख्यमन्त्री तथा मन्त्रि परिषदको कार्यालयका प्रतिनीधि, एक जना मन्त्रालयकै पर्यटन महाशाखाका प्रमुख रहने व्यवस्था छ । तीन सदस्यी मननोयन सिफारिस समितिको सिफारिस अनुसार ६ जनालाई नियुक्ति गरिएको मन्त्री तिवारीले जानकारी दिनु भयो ।
यस्तै बैठकले प्रदेश खेलकुद विकास बोर्डमा पनि पदाधिकारी तथा सदस्यहरु नियुक्ति गरेको छ ।
बोर्डको उपाध्यक्षमा पाचथरबाट बावा मेयाङ्वो, सदस्य सचिवमा विराटनगरबाट कृष्ण बस्नेत(पर्शुराम), र सदस्यहरुमा भेषराज कार्की (सुनसरी), विप्लभ घोष(सुनसरी), थलु राजभण्डारी (ओखलढुंगा) लाई नियुक्ति गरेको छ ।
बैठकले बुकु खोला जल विद्युत आयोजनाको शेयर लगानी गर्ने सम्बन्धमा पनि निर्णय गरेको छ । अर्थ मन्त्रालयको सैद्धान्तिक सहमति अनुसार बैठकले शेयर लगानी गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले प्रदेश श्रम सल्लाहाकारहरु पनि नियुक्ति गरेको छ । उपाध्यक्षमा राजिव घिमिरे झापा, सदस्यहरुः भीम घिमिरे विराटनगर, सरोज श्रेष्ठ धरान, सिता उपाध्यय मोरङ, रञ्जु सिग्देल इटहरी, किशोर धमला विराटनगर,अरुण थापा विराटनगर, नारायणबाबु कार्की मोरङ, सुनिता घिमिरे मोरङ, टिका प्रसाई सुनसरी, निलम साह सोनार मोरङ रहनु भएको छ ।