धरान /  हिमालय मेघा कलेजले आयोजना गरेको मैत्रीपुर्ण फुट्सल प्रतियोगितामा नेपाल पत्रकार महासंघ, सुनसरी बिजयी भएको छ ।
शनिवार भएको खेलमा महासंघले फाइनल खेलमा एनप्याब्सनका शिक्षक टिमलाइ १२/ १० गोल अन्तरले पराजित गर्दै मैत्रीपुर्ण फुटसलको उपाधी हात पारेको हो । विजेता महासंघले नगद पाँच  हजार रुपैयासहित ट्रफी प्राप्त गरेको छ ।
 उपबिजेता एनप्याब्सनले नगद ३ हजार रुपैया पुरस्कार स्वरुप प्राप्त गरेको छ । तीन टिम सहभागी मैत्रीपूर्ण प्रतियोगितामा एनप्याब्सनले हिमालय मेघा टिमलाई १३–४ गोल अन्तरको फराकिलो जित हात पार्दै फाइनल प्रबेस गरेको थियो । पत्रकार महासंघ टिम बार्इ परेर सिधै फाइनल खेल खेलेको थियो ।  फाइनल खेलमा पत्रकार टिमबाट धिरेन लिम्बुले सर्वाधिक ६ गोल गर्नु भयो ।

धरान १२ न। वडामा रहेको  हिमालयन मेघा कलेजले  दशै, तिहार एवं छठ पर्वको अवसरमा मैत्रीपुर्ण फुटसल प्रतियोगीता सहित शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो ।

हिमालयन मेघा कलेजका अध्यक्ष कैलाश आङ्देम्बेको अध्यक्षतामा गरिएको सो प्रतियोगीतामा नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई, नेपाल फोटो पत्रकार महासंघ सुनसरी अध्यक्ष बिकाश चाम्लिङ राइ,  एनप्याब्सन धरान नगर अध्यक्ष भगत सुब्बा, नगर कोषाध्यक्ष बसन्त राई, १ नम्बर प्रदेश सदस्य सागर खड्का र १ नम्बर प्रदेश सदस्य प्रवास राजवंशीको उपस्थिति रहेको थियो ।

विषेश गरेर एनप्याब्सन शिक्षासँग प्रत्यक्ष जोडिएको संस्थाभएको साथै धरानको शिक्षालाई सञ्चारमाध्यमबाट शैक्षिक क्षेत्रमा योगदान पुर्याउन सदा शैक्षिक सँस्थाको साथमा रहने पत्रकार महासंघसँगको मैत्रीभाव बढाउने उद्देश्यले यो मैत्रिपुर्ण खेलको आयोजना गरिएको अध्यक्ष आङ्द्म्बेले बताउनु भयो ।