धरान / सुनसरी क्षेत्र नं. १ का संघीय सांसद जयकुमार राईको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० थान पोर्टएवल भेन्टिलेटर प्रदान गरेको छ ।
तत्कालिन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सांसद राई मार्फत उक्त भेन्टिलेटर उपलब्द गराउनु भएको हो । ती भेन्टिलेटर काठमाडौंस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पर्क कार्यलय महाराजगञ्जमा बुझाइएको छ । प्रतिष्ठानमा भेन्टिलेटरको अभावमा सयौ विरामी अन्यत्र निजीअस्पतालमा रेफर हुदैं आएका छन् । बेड संख्याको कम्तिमा पनि १० प्रतिशत भेन्टिलेटरसहितको बेड हुनु पर्ने भए पनि हाल प्रतिष्ठानसँग २० वटा मात्र भेन्टिलेटर भएका बेड छन् ।
केही समय अघि सांसद राईले स्वास्थ्य राज्य मन्त्री श्रेष्ठलाई धयानाकर्षण गराउनु भएको थियो । यस अघि राईकै पहलमा हङ्कङबाट तीन वटा पोर्टएवल भेन्टिलेटर प्रतिष्ठानलाई उपलब्द गराउनु भएको थियो ।