धरान / २०७८ असोज २० गते प्र्रदेश १ का ५ वटा स्थानीय तहहरुका वडाको संख्या र सिमाना हेरफेर हुने भएको छ ।
स्थानीय तहहरुको वडाको संख्या र सिमाना हेरफेर सम्बन्धि स्थानीय तहहरुले प्रस्ताव प्रदेशलाई पेस गरेअनुसार प्रदेश सरकारले हेरफेरका लागि संघीय सरकारलाई बुधबार सिफारिस गरेकोछ ।
बुधबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा बसेको मन्त्रिपरिसद्को बैठकले प्रदेशले संघलाई सिफारिस गर्ने संबैधानिक प्रावधान अनुसार संखुवासभाको धर्मदेवि नगरपालिका, इलामको इलाम नगरपालिका,उदयपुरको बेलका नगरपालिका, धनकुटाको महालक्ष्मी गाउँपालिका र खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले प्रस्ताव गरे अनुसार वडाको संख्या र सिमाना हेरफेरका लागि संघीय सरकारलाई सिफरिस गर्ने निर्णय गरेको हो ।
यस्तै प्रदेशको राजस्वको श्रोत अत्यन्त न्यून भएकाले राजस्व श्रोत पहिचानका लागि ५ सदस्यीय उच्च स्तरिय राजस्व अनुसन्धान कार्यदल गठन गरेको छ । कार्यदलले प्रदेशको आन्तरिक राजस्वको श्रोत पहिचान, वृद्धि, सम्भावनाबारे अध्ययन गर्ने छ । यसै गरि प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ लाई स्वीकृत गरेको मन्त्री तिवारीले जानकारी दिनु भयो । नियमावली स्वीकृत भएसँगै अव सरकारले प्रदेश पर्यटन बोर्ड गठन गर्ने बाटो खुलेको छ ।
१४ वटै जिल्लामा विषयगत कार्यलय स्थापना गर्ने विषयमा मस्यौदा प्राप्त भएको र थप अध्ययन गरि अर्को बैठकले कार्यालय स्थापनाको प्रकृया शुरु गरिने मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । १४ जिम्ममा विषयगत कार्यालयस्थापनाको निर्णय यस अघि नै भइसकेको छ ।