धरान / नव गायक गगन आले मगरको पहिलो गितको म्युजिक भिडियो ‘आउछु भनि' हालै सार्वजनिक भएको छ ।
पदम थापाको शब्द अनि बुद्धिमान बराइलीको संगीतमा दीपेन्द्र राईको एरेन्ज रहेको छ । कुन्दन राईको मिक्सिङ रहेको भिडियोको सुमन तमाङले छायांकन गर्नु भएको छ ।
विदेशमा रहेका नेपालीको कथा ब्यथालाई उजागर गरेर बनाइएको भिडियोको प्रदेशी नेपाली च्यानलबाट सार्बजनिक गरिएको छ।
इटहरी, मोरङको लाटीझोडालगायत स्थानमा छायाङ्कन गरिएको छ ।
केही समय अघि मात्रै नेपाल कै पहिलो लाइभ लोक दोहोरी कार्यक्रम इन्द्रेणीमा गायकी सिला आलेसँग दोहोरी खेलेर नाम कमाएका
गगनले गाउन भएको गितमा विशाल विक, निर्माया लकाद्र्री, ज्ञानेन्द्र बस्नेत, अञ्जली निरौला र स्मीता साहीले अभिनय गर्नु भएको छ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्

243920746_538379044037826_5804390212301839975_n