के पदार्थ होईन,चेतना पहिला जन्म्यो ?
नेकपा एमालेको विधान महाधिवेशनमा देखिएको दृष्य र स्थिती देखेर पार्टीका उपमहासचिव घनश्याम भुसाल भन्नू हुन्छ,"सामुहिकतालाई छोडेर एमाले बनाउन सकिँदैन।"
(TODY,S TOP NEWS)अर्थात सामुहिकतालाई जोड देउ। समाजमा सामुहिकता वा एकाङकी हुन्छ भन्ने कुराको निर्क्यौल पारिवारिक जिवनको चेतनाले निर्देशित हुन्छ।जब सामुहिक नेतृत्व सम्भव छ, तब उसको चेत "उच्चा शक्तिपृथकीकरणको सिद्दान्त"मा आधारित हुन्छ।व्याक्ती देवात्वकरण: कम्युनिष्ट पार्ट्रीको सिद्दान्त र व्यवहरिक प्रयोग होईन।
सिद्दान्तको जगमा मार्क्सबाट मार्क्सवाद,लेनिनबाट लेनिनवाद हुन बिश्वका धेरै बिश्वविधालयमा सिद्दान्तको बहस घनिभुत छलफल भएको थियो।अहिले पनि चिनले समाजवादको बहस विश्व सामु उज्जगार गर्दैछ।त्यो सन १९५० सम्ममा उन्न्त भएर जाने घोषणा गरेका छ्न।
हामी नेपालमा केका लागी,कस्तो,कसरी बहस गर्दैछौ ? अर्थात सिद्दान्तको,संगठनको,सामुहिक्ताको,पद्द्तीको,बिधानको या अन्य कुनै बिषयको ? वा बिकाश निर्माण र समृदीको या कुनै कम्युनिष्ट पार्ट्री संशोधनवादको वा दक्षिणपन्थी भड्कावको ?
नेकपा एमाले जस्तो पार्ट्रीमा यस्तो स्थिती आउनु के त्यस्तो नियत थियो वा कर्म नगरी भाग्यको खेल थियो वा भाग्यवादको भगवानको अर्को अवतार थियो ? या पदार्थ चेतना भन्दा पहिले जन्मेको थिएन? या गणतन्त्रवादी र राजावादी एउटै हुन? प्रकृतिक-बैज्ञानिक आधारमा कम्युनिष्ट-बिष्णु भगवानको अवतार भनी दाज्नु र तिनीहरुसङ्ग मिल्नु अस्वभाविक हुन्छ होईन र? कि के थियो त्यस्तो नियत ?पुष्पलाल श्रेष्ठ र मदन भण्डारी, बिचारकहरु एकादेश दन्त्य कथामा रुपान्तरण भएका हुन त ? प्रश्न उठाउनु पर्ने हुन्छ।
सिद्दान्त शुन्यतामा,मार्क्सवादको व्यावहरिक प्रयोगमा व्याक्ती- प्रवृती चरम उत्कर्षमा पुग्नुको समीक्षा एमालेमा हिजो रहेका र आज पनि रहेकाले गर्दै सुद्दीकरण गर्नु पर्ने स्थिती मनन गर्नु पर्छ कि पर्दैन? विश्व नवउद्दारवादको चपेटाबाट बिस्तारै मुक्त हुने नै छ र नेपालमा पनि दलालपुजीवादको चक्रव्युहबाट बाहिरा ननिस्की कन पुजीवाद आउदैन।पुजीवाद चरम सिमामा नपुगी समाजवाद रुपान्तरण हुदैन।यो एमालेका कार्यकर्ताले बुझ्नै पर्ने हुन्छ कि भाग्यवादको घोडा बाट तल झर्नै पर्ने हुन्छ र पार्ट्री निर्माणको अभियानमा एकजुट हुनुपर्छ।यसो नभए सिङ्गो कम्युनिष्ट आन्दोलन नै निष्कर्षमा पुग्न सक्दैन।