धरान / सुनसरी र सप्तरी क्षेत्रमा विगतदेखि आतंक मच्चाउदै आएको ‘मकुना’ हात्ती मृत्यु अवस्थामा फेला परेको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा १ किमी दुरी उत्तरमा स्थानीयको धानबारीमा आइतबार बिहान मृत्यु अवस्थामा भेटिएको आरक्षणका वार्डेन अशोक रामले जानकारी दिनु भयो ।
आरक्षणका वार्डेन अशोक रामका अनुसार शनिवार राती ११ बजेसम्म जिवित रहेको थियो । राती १२ बजे आरक्षणबाट बाहिर निस्किएको मकुना विहान धानबारीमा मृत अवस्थामा रहेको खवर आएको थियो । धानबारीमा फालिएको करेन्ट लागेर मृत्यु भएको पाइएको वार्डेन रामले जानकारी दिनु भयो ।
मृत हातीको पोटमार्टम गरि सदगद गर्ने तयारी भई रहेको छ । कोशी गाउँपालिका ३ नं वाडको स्थानीयको धानबारीमा फेला परेको मकुनाको सदगद मानिसलाई झै गर्नु पर्ने हुन्छ । पााच मिटर कपडामा यसलाई सदगद गरि तीन दिनसम्म मृत्यु संस्कारको काम गर्नु पर्ने वार्डेन रामाले बताउन ुभयो ।
‘पहिले यसको अन्तिम संस्कारकोकाम गछौं । त्यस पछि यसलाई करेनट लगाउने व्यक्तिको पहिचान तथा मृत्यु बारे अनुसन्धान गछौं ।’–वार्डेन रामले भन्नु भयो । विगत ४÷५ बर्षदेखि यस हातीले दर्जनौं व्यक्तिको ज्यान लिएको थियो । स्थानीयलाई दुख दिदै ंआएको थियो । मकुनाको उपद्रो सहन नसकेर स्थानीय मार्ने उपाय खोजिरहेको थिए ।
नेपालमा कुल २ सयदेखि २ सय २५ वटा जंगली हात्ती छन् । कोसी टप्पुमा १६ वटा हात्ती रहेकोमा भारतबाट झापाको बाहुन डागीमा १ सय ३० देखि १ सय ५० वटासम्म आउने गरेका छन् । ती हातीले आरक्षण नजिकका स्थानीयलाई दुख दिदैं आएका छन् ।