काठमाडौं / हिजोदेखि काठमाडौंमा शुरु भएको नेकपा एमालेको विधान महाधिवेशनको आज दोश्रो दिन विभिन्न प्रतिवेदनहरूमाथि समूहगत छलफल हुने भएको छ ।

अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको साङ्गठानिक प्रतिवेदन र उप–महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल हुने छ । छलफलका लागि १० वटा समूह बनाइएका छन् । दिउँसोसम्ममा टोली नेताहरूले छलफलको निष्कर्ष पेस गर्ने कार्यक्रम तय गरिएको छ ।

समूह ‘क’ को नेतृत्व देवराज घिमिरेलाई तोकिएको छ । त्यसको सहजीकरणका लागि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ ।

समूह ‘ख’ को नेतृत्व ज्वाला साहलाई दिइएको छ । सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठले गर्ने कार्यक्रम छ । यस्तै समूह ‘ग’ को नेतृत्व आनन्द पोखरेललाई दिइएको छ । सहजीकरणको जिम्मा अष्टलक्ष्मी शाक्य र रामबहादुर थापालाई दिइएको छ ।

समूह ‘घ’ को नेतृत्व जगत विश्वकर्मालाई दिइएको छ । बैठकको सहजीकरण किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङले गर्नुहुने छ ।

समूह ‘ङ’ को अध्यक्षता लीला गिरीले गर्नु हुदैं छ । सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलले गर्नु हुने छ । समूह ‘च’ को नेतृत्व गोरखबहादुर बोगटीले गर्नु हुने छ । सहजीकरण युवराज ज्ञवाली र यमलाल कँडेलले गर्नुहुने छ ।
उपत्यका विशेष कमिटी र सम्पर्क मञ्चहरूका प्रतिनिधिहरूको समूहको नेतृत्व सुजिता शाक्यले गर्नु हुदैं छ । सहजीकरणका लागि छविलाल विश्वकर्मा र राजन भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।

जनवर्गीय सङ्गठनहरूबाट आएका प्रतिनिधिहरूको समूहमा सहजीकरणको जिम्मेवारी गोकर्ण विष्ट र टोपबहादुर रायमाझी तथा केन्द्रीय निकाय र आयोगहरूको समूहमा सहजीकरणको जिम्मेवारी अमृतकुमार बोहोरा र पुष्प कँडेललाई दिइएको छ ।

पार्टी प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

एमालेले उप–महासचिवको पदका साथै पोलिटब्युरो कमिटी खारेज गर्ने प्रस्ताव गरेको छ । यसअघि एमालेमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उप–महासचिव र पाँच सचिवको व्यवस्था थियो ।

एमाले विधानमा ७० वर्षे प्रावधान अहिले पनि निरन्तर रहने प्रस्ताव गरिएको छ । यो प्रस्ताव पारित भएमा तत्काल अध्यक्ष ओलीलाई मात्र फाइदा पुग्ने देखिन्छ । दोस्रो तहका धेरै नेता अर्को महाधिवेशनपछि कार्यकारी पदमा जान उमेरका कारण पाउने छैनन् । आइतबारसम्म चल्ने विधान महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढि नेता कार्यकर्ता सहभागी भएका छन् ।

 प्रस्तावहरुकाे