धरान / अदालतबाट बिभिन्न समयका मुद्दाहरुको फैसलावाट जरिवाना वा कैद तोकिएका तर तोकिएको सजाय भुक्तान नगरी भागीरहेका ५१५ फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।
चालु आर्थिक वर्ष २०७८।०७९ मा प्रहरी सो संख्यामा पक्राउ गरि कैद सजायका लागि बुझाएको हो ।
सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार पक्राउ परेका मध्ये १८ वर्ष अगाडी मुद्दा फैसला भई कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद सजाय तोकिएका प्रतिवादीहरुसमेत रहेका छन् ।
उहाँका अनुसार कर्तव्य ज्यान, जवरजस्ती करणी, चोरी, डाका, किर्ते जालसाजी, अपहरण, लागुऔषध, मानव वेचविखन, अभद्र व्यवहार, भ्रष्टचार, चेक अनादरलगायतका मुद्धामा फैसला भई जिल्ला अदालतको अभिलेखमा फरारी कायम रहेका ५१५ जनाको पक्राउवाट १०७ वर्ष ९ महिना १२ दिन कैद सजाय र १ लाख १० हजार ४५ जरीवाना वेरुजु फर्छयोट भएको प्रहरीले जनाएकोछ ।
अपराधिक मनोवृत्तिलाई निरूत्साहीत पार्दै दण्डहीनताको अन्त्य गरी समाजमा शान्ति व्यवस्था कायम गराउन र पीडितलाई न्यायको अनुभूती दिलाउन सुनसरी प्रहरीले फरार प्रतिवादी पक्राउ अधयान नै चलाएको थियो ।