विराटनगर / प्रदेश १ मुख्य मन्त्री भीम आचार्यल संविधानको मर्म र भावनालाई आत्मसाथ गदैं मन, वचन र कर्मले प्रदेश १ को श्रीवृद्धिका लागि योगदान गर्न प्रदेश १ वासीलाई आह्वान गर्नु भएको छ । संविधानको पूर्ण कार्यान्वय, प्रदेशको समृद्धि र सुशी नागरिकको अपेक्षासहित संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को शुभकामना सन्देश जारी गदैं उहाँले यस्तोआव्हान गर्नु भएको हो ।
नेपाली जनताको लामो संघर्ष र बलिदानपछि ६ बर्ष अघि आजकै दिन संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको थियो । उहाँले संविधान दिवस अर्थात राष्ट्रिय दिवसको यस पुनित अवसरमा देश विदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक बधाई एंव शुभकामना व्यक्त गर्नु भएको छ ।
‘जनताको अथक योगदान, अधिकारको खातिर गरिएको बलिदानीले जनताकै प्रतिनीधिहरु मार्फत धर्म निरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधीत्वको सुनिश्चितासहितको संविधान हामीले पाएका छौं ।’–आइतबार जारी सन्देशमा भनिएको छ –‘यही संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत राष्ट्रिय एकताको सूत्रमा बाधेको छ ।’
लामो समयदेखिको राजनीतिक द्वन्द्वसमाप्त गदैं राष्ट्रिय एकता, शान्त, समुन्नत र समृद्ध नेपाल बनाउनु पर्ने दायित्व नेपालीकै भएको बताउनु हुदैं समृद्ध प्रदेश निर्माणका लागि सबै राजनीतिक दल, संघसंस्था तथा आम जनसमुदायमा आव्हान समेत गर्नु भएको छ । प्रदेशलाई सामाजिक, आर्थिक समृद्धिसहितको विकास गर्न प्रदेश सरकारले प्राथमिकतामाराखेर काम गरेको उहाँले बताएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण देश आक्रान्त भए पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प हासिल गर्न स्वच्छ, सुशी र समुन्त प्रदेश निर्माणका लागि प्रदेश सरकार सबैसँग हातेमालो गरेर अगाडी बढेको जारी सन्देशमा भनिएको छ ।