सुनसरी / सुनसरी प्रहरीको कोशी गाउँपालिका(८ कोशी कटानबाट ६० बोतल डाईलेक्स डी।सी।, २४ पत्तामा १००८ थान स्पास्मोप्रोक्सीभन क्याप्सुल र भारतिय नगद रु। २० हजार सहित ३ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । सप्तरी जिल्लाको हनुमाननगरबाट ठूलो मात्रामा लागु औषध सुनसरी जिल्ला भित्रिदैछ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलिले लागु औषध कारोवारी उक्त समुहलाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेहरु हनुमान नगर कंकालनी ७ बस्ने वर्ष २१ को सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ बस्ने वर्ष २२ को अवधेष कुमर मण्डल र जिल्ला सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी(१२ बस्ने वर्ष २५ को रोशन मण्डल छन् । निज रोशन कुमार मण्डलको साथबाट भातिय रुपैया नगद २० हजार समेत बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापालेजानकारी दिनु भयो ।
यसै गरि सुनसरी भोक्राह नर्सिङ ६ वाट अररीया जिल्ला वेलगामा पंञ्चायत घुर्ना थाना ५ ९भारत० बस्ने वर्ष १९ को रुपेस कुमार मेहताको साथबाट डाईलेक्स डी।सी। १०० एमएलको १६ बोतल नाईट्रोसन ८ पत्तामा ८० ट्याव्लेट स्पास्मोप्रोक्सिभन प्लस ५ पत्तामा १२० क्याप्सुल समेत बरामद गरिएको ।
उनीहरु विरुद्द लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारवाही प्रकृयाका लागी सुनसरी जिल्ला अदालतवाट ७ दिनकाे   म्याद लिई कानूनी प्रक्रिया अगाडी वढाईएको एसपी थापाले जानकारी दिनु भयो ।