इटहरी / ३३ बर्षअघि देखि कार्यरत इटहरीका तीनजना महिला स्वयंसेविकाकालाई इटहरी उपमहानगरपालिकाले सम्मान सहित विदाई गरेको छ ।
६० बर्षे उमेरहदका कारण विष्णुतारा नेपाली,गंगादेवि नेपाल र गंगीया सरदारलाई सम्मानसहित उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले विदाई गर्नुभयो । उहाँहरुलाई ३० हजार रकम प्रोत्साहन भत्तासहित विदाई गरिएको मेयर द्वारिकलाल चौधरीले बताउनु भयो ।
विदाई कार्यक्रममा प्रमुख चौधरीले उहाँहरुले स्वास्थ्यक्षेत्रमा पुरयाएको योगदानको उच्च प्रशंशा गर्नुभयो । उहाँले भन्नुभयो “राष्ट्र निर्माणका लागि स्वस्थ्य जनशक्तिको आवश्यकता पर्छ,स्वस्थ्य जनशक्ति निर्माणमा उहाँहरुको भूमिका प्रशंशनीय छ ।”इटहरीमा १ सय ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गरिरहेका छन ।