धरान  / धरान बास्केटवल संघको आयोजनामा शनिवार सम्पन्न १८ वर्ष मुनिका हिमालयन मेघा थी्र वाइ थी्र वान डे टुर्नामेन्टको उपाधि यलम्वर व्लुले हात पारेको छ ।
फाइनल खेलमा यलम्वरले सियोन स्कुललाई १७–९ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएको थियो । फाइनल खेलमा आफ्नो टिमलाई विजयी वनाउन यलम्वरका स्पल तामाङले व्यक्तिगत १० अंक जोडेका थिए । उनले प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर (एमभिपि)को उपाधि समेत हात पारेका छन ।
प्रतियोगीताको विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, हिमालयन मेघा कलेजनका प्राचार्य भास्कर पौडेल, इमानुयल वोर्डिङ्ग स्कुलका अध्यक्ष एवं प्रिन्सिपल प्रभास राजवंशि लगायतले पुरस्कार वितरण गरेका थिए । विजेता तथा उप विजेता खेलाडिहरुले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । सेमिफाइनल खेलमा यलम्वर व्लुले स्टयाग टिमलाइ २२–१० र सियोन स्कुलले यलम्वर यल्लोलाई १०–४ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
धरान १२ स्थित हिमालयन मेघा कलेजको बास्केटवल कोर्टमा सम्पन्न प्रतियोगितामा धरान र तरहराका गरि १५ वटा टिमले सहभागिता जनाएको थियो । लिग कम नकआउटको आधारमा खेलाइको एकदिने प्रतियोगितामा भएको २९ खेलमा प्राविधिक सहयोग सुनसरी बास्केटवल संघले गरेका थिए । कार्यक्रममा सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, हिमालयन मेघा कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, कलेजका डाइरेक्टर दिपेन्द्र यादव, जीवन न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।