इटहरी / काठमाडौमा राम्रो व्यापार गदैं आएको भाटभटेनी सुपर स्टोर इटहरीमा पनि सञ्चालनमा आएको छ । इटहरी चोक देखी २ किलोमिटर पश्चिम पकलीमा शनिवार स्टोरको उद्घाटन गरिएको छ ।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले एक कार्यक्रमका बिच सुपर स्टोरको उद्घाटन गर्नु भएको छ । यो सुपर मार्के नेपालकै ठूलो बताइएको छ । यस अघि धरान, विराटनगरमा भाटभाटेनी सञ्चालनमा आइसकेको छ । उद्घाटनका अवसरमा भाटभटेनीले अल्कोहल र निकोटिनमा बाहेक अन्य सामानमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

स्थानीयलाई निमन्त्रणा पत्र सँगै छुटको कार्ड समेत उपलब्ध गराइएको छ । त्यससँगै इलेकट्रोनिक सामानमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

३५ कट्ठा जमिनसहित इटहरीको ३ अर्बको लगानीमा भाटभटेनी सञ्चालनमा आएको हो । गुरुङले आफू प्रदेश नम्बर १ मै जन्मेको भएर प्रदेशको केन्द्रमा देशकै ठूलो स्टोर खोल्न पाएकोमा खुसी भएको बताउनु भएको छ ।

दुई वर्षमा निर्माण सम्पन्न भएको इटहरीको भाटभटेनीले प्रदेश १ कै उपभोक्तालाई केन्द्रित गरेको छ । २०७७ सालमै सञ्चालनमा ल्याउने योजना बनाएको भाटभटेनी कोभिड १९ को महामारीको कारण ढिलो उद्घाटन भएको गुरुङले बताउनु भयो । ३ वटा भवनमा बाँडफाँड गरिएको भाटभटेनीको हरेक भवनमा बेसमेन्टसहितका ७ तला रहेका छन् ।

५ सय गाडी पार्किङ क्षमता रहेको भाटभटेनीमा मनोरञ्जनका लागि ८ सय वर्गफिटका ३ वटा फाउन्टेनको निर्माण गरिएको छ । कफी पारखीको लागी हिमालय जाबा क्याफे निर्माणाधीन अवस्थामा छ ।

 हाल काठमाडौँको टोखा र सानागाउँसहित हेटौँडा, धनगढी र वीरगन्जमा निर्माणाधीन अवस्थामा रहेको गुरुङले बताउनु भयो ।