धरान / प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफूले प्रदेशसभाबाट विश्वासको मत पाउने दावी गर्नु भएको छ ।
धरान-८ स्थित औद्योगिक क्षेत्रमा ३७ करोडको लगानीमा शुरु भएको ‘ब्राइट फिड प्रालि’ नामक उद्योगको उद्घाटन कार्यक्रममा उहाँले  शनिवार यस्तो बताउनु भएको हो ।  
‘सरकारले एक महिनाभित्रमा विश्वासको मत लिनैपर्ने हुन्छ, आफ्नै दल विभाजित भएपनि म विश्वासको मत लिन्छु, यो सरकार सत्ता लिप्साभन्दा पनि विकासका काम गर्दै जाने भएकोले विकासप्रेमी सबैले यो सरकारलाई सहयोग गर्छन् भन्ने मेरो अपेक्षा हो ।’- उहाँले भन्नु भयो ।
उहाँले प्रदेश १ को टिकाउन दलहरूबीच कुराकानी भइरहेको समेत बताउनु भएको छ ।  ‘राजनीतिमा जे पनि हुन्छ’, उहाँले भन्नु भयो  ‘नयाँ राजनीतिक समीकरण निर्माणका लागि दलहरुसँग छलफल भइरहेकै छ ।’
आचार्यले विकास निर्माणको काममा तीब्रता दिएर बजेट कार्यान्वयन गर्ने, प्रदेश सरकारको संरचना निर्माण, शान्ति-सुरक्षा र सुशासनको पाटोमा काम अघि बढाउने योजनाका साथ आफू लागिपरेको पनि बताउनु भएको छ । आफू केन्द्रबाट तल झरेर प्रदेश १ मा केही गर्छु भनेर झरेको हुनाले आफुसँग विकासको योजना रहेको बताउनु भएको छ ।
मुख्यमन्त्रि भए पछि पहिलो पटक निर्वाचन क्षेत्रमा पुग्नु भएको मुख्यमन्त्रि आचार्यले स्वदेशमा सञ्चालन हुने उद्योग व्यवसाय व्यवसायलाई प्रोत्सोहान प्रदेश सरकारको पहिलो प्राथमिकता भएकाले आफु धरान आएको बताउनु भएको छ ।
मुख्यमन्त्री आचार्यले उत्पादन वृद्धी गर्ने, रोजगारी सृर्जना गर्ने क्षेत्रमा उद्योगहरुको महत्वपुर्ण भुमकिा रहने समेत वताउनु भयो ।
करिव १७ करोड लगानीमा डेढ दर्जन बढी व्यक्तिहरु मिलेर ब्राइट फिड प्रालि सञ्चालनमा ल्याएका छन् ।
उद्योगले कुखुरा, वंगुरलगायतलाई आवश्यक पर्ने खाद्य पदार्थ उत्पादन गर्नेछ । पशुपंक्षीको आहार विदेश र अन्य प्रदेशबाट आइरहेको अवस्थामा धरानमा उद्योग खुलेर आत्मनर्भिर हुने गरी पहल भएको छ।
प्रालकिा अध्यक्ष एवं प्रबन्ध निर्देशक गोपाल श्रेष्ठले किसानहरुलाई असाध्यै समस्या भइरहेको कारण आफुहरुले उद्योग सञ्चालनमा ल्याएको बताउनु भएको छ ।
उहाँका अनुसार लामो समयदेखि पशुपंक्षी पालन गर्ने किसान, दाना वितरक, पशु पोषणविद तथा पशु चिकित्सकहरुलगायत २० जनाको समुह मिलेर उद्योग खुलेको हो ।
श्रेष्ठले उद्योगबाट प्रतिदिन २ सय मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता रहेको र बजार विस्तार गर्न उद्योगले थप २० करोड लगानी गर्ने योजना बनाएको बताउनु भयो । प्रालि ५० जनाले प्रत्यक्ष, २ सय जनाले अप्रत्यक्ष रोजगारी पाउने श्रेष्ठले बताउनु भयो। साथै, देशभरका ६ हजार किसानहरु लाभान्वति हुने उहाँको भनाई रहेको छ । सो क्षेत्र धरानको औद्योगकि क्षेत्र भएकोले त्यँहा अन्य एक दर्जन भन्दाबढी उद्योगहरु सञ्चालनमा रहेकाछन् ।