धरान।  मंगलबार धरानको पुतली लाइन स्थित वेब क्याफे एन्ड चिकेन स्टपमा एक्सन कट चलिरहेको थियो । त्यहाँ धराने गायक ज्ञान सुब्बाको गितको छायाकन भैरहेको थियो ।
वेटर र ग्राहकको रूपमा कलाकारहरु अभिनय गरिरहेका थिए भने निर्देशक भीषण राईले उक्त म्युजिक भिडियोको निर्देशन गर्दै थिए । निर्देशक भीषण राईले भिडियोमा नयाँ कन्सेप्ट पस्किन लागेको बताउन’ भयो । उहाँले भन्न’ भयो – ूमैले यो भिडियोमा फरक कन्सेप्ट ल्याएको छु, दर्शकलाई नयाँ लाग्न सक्छ ।ू धरान र चतराको विभिन्न स्थानमा दुई दिन लगाएर  उक्त म्युजिक भिडियोको छायाकन गरिएको थियो । आखिर के को लागि होला रु बोलको उक्त म्युजिक भिडियोमा लोकप्रिय अभिनेता प्रेम सुब्बालाई मुख्य रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा  बादल श्रेष्ठ, र नव कलाकारहरु  रबिना केसी र इसिता राईको पनि अभिनय रहेको छ । उक्त गीतमा  शब्द रबिन खावाहाङ राईको रहेको छ भने  संगीत डा। शरद सिन्हाको  रहेको छ । सिल्भर इन्टरटेनमेन्ट्को प्रस्तुती रहेको भिडियोमा क्यामेराम्यान भुपेन्द्र तुम्बाहाम्फे, ड्रोन अप्रेटरमा  सुमन तामाङ र मेकअप आर्टिस्ट लोकेस थापा रहेका छन् । भिडियो बाबाको मुख हेर्ने दिनमा रिलिज गरिने निर्देशक भीषण राईले बताउन’ भयो ।

1