इटहरी / सुनसरी ईटहरी उपमहानगरपालिका –१२ स्थित कोशी राजमार्गबाट तनि जनालाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा ईटहरीवाट विराटनगर तर्फ जादै गरेको प्र१-०२-०४३ प-८८०४ नं को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा २१ क्ेजी गाँजासहि तगत सोमबार पक्राउ गरिएको हो ।
प्क्राउ पर्नेमा धनकुटा सांगुरी गढी –८ घर भई ईटहरी–४ मा डेरा गरी वस्ने वर्ष २७ को दिपेन्द्र राई र मोटरसाईकलको पछाडी सिटमा सवार निजको श्रीमती वर्ष २५ की शर्मिला राई रहेका छन् ।
प्रहरीका अनुसार ह्यापी वर्थ डे लेखिएको रंगीचंगी र्‍यापिङ पेपरले वाहिरवाट वेरी राखेको अवस्थामा कार्टुन र उक्त मोटर साइकलको वायाँ लेगगार्डमा झुण्ड्याई वोकेको जेव्रा झोला भित्र प्लाष्टिकमा प्याक गरेको ४ पोका र कार्टुन भित्र प्लाष्टिकमा प्याक गरेको १७ पोका गाँजा फेला परेको थियो ।
उनीहरुल् प्रयोग गरेको प्लेट नं प्र१-०२-०४३ प८८०४ को मोटरसाईकल प्रहरीको नियन्त्रणमा लिएको छ । यसै गरि गाँजा ओसार पसारमा संलग्न अररीया जिल्ला जोगवनी थाना पिपरा पञ्चायत ०६ विसनपुर ९विहार, भारत० वस्ने वर्ष ३० को टुनटुन यादवलाई समेत मोरङ प्रहरीको सहयोगमा विराटनगर -१५ वाट पक्राउ गरीएको छ । उक्त गाँजा ती भारतीय व्यपारीलाई दिने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मंगलबार सुनसरी जिल्ला अदालतवाट लागु औषध मुद्दामा ९ ९नौ० दिन म्याद लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जयसिंह थापाले जानकारी दिनु भयो ।

धरानमा २० केजी गाँजा बेवारिसेअवस्थापमा फेला

धरान उपमहानगरपालिका –१७ नमुना सुन्दरबस्ति सर्दु खोलाको बगरमा १ बोरा गाँजा बुधबारफेलापरेको छ । अस्थायीप्रहरी चौकी रेल्वेबाट खटिएको गस्ति टोलीले वेबारिसे अवस्थामा रहेको १ बोरा गाँजा फेलापारेको हो । उक्त गाँजाको तौल २० केजी रहेको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।