विराटनगर । प्रदेश १ मा भएका मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयलाई एक महिनाभित्र अनलाइन प्रणालीमा लैजाने भएको छ ।

मुख्यमन्त्री भीमप्रसाद आचार्यको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद बैठकले एक महिनाभित्र मालपोत र यातायात सम्बद्ध काम अनलाइनबाटै गर्ने निर्णय गरेको हो ।

शनिबार सम्पन्न मन्त्रिपरिषद बैठकले सेवाग्राहीको अधिक भीडभाड हुने कार्यालयको सेवा अनलाईनबाट दिने निर्णय गरेको मूख्यमन्त्री भीम आचार्यले जानकारी दिनु भयो । सबै तयारी गरेर महिना दिनभित्र अनलाईन सेवा सुचारु गर्न निर्देशन दिएको उहाँले बताउनु भयो ।

मन्त्रीपरिषद बैठकले कोरोनाको जोखिम भएका क्षेत्रमा परीक्षणको दायरा बढाउने निर्णय पनि गरेको छ ।
कोरोना व्यवस्थापन तथा नियन्त्रणका लागि प्रभावकारी रुपमा अभियान अघि बढाउन प्रदेश जनसुरक्षा कोषमा १० करोड रुपैयाँ जम्मा गर्न निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको छ ।