धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारीहरुको कार्यकक्षमा लगाएको ताला खोल्न औषधी व्यवसायीहरुले आग्रह गरेका छन् ।
आन्दोलनरत पक्षको माग वमोजिम सरकारको आधिकारिक निकायहरुबाट प्रतिष्ठानमा आएर आवश्यक कागजात, प्रमाणहरु लिएर गएकोले कानुनी प्रक्रिया पुरा गरि गुण र दोषको आधारमा दोषीहरुलाई कारबाही हुने प्रक्रिया भइरहेको बेला नेपाल औषधी व्यवसायी संघ इकाई कमिटी धरानले विज्ञप्ति जारी गरि आन्दोलनरत पक्षसँग आग्रह गरेको हो ।

प्रतिष्ठानमा विगत ७६ दिनदेखि चिकित्सकहरुले पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेर शानितपूर्णआन्दोलन गरिरहेका छन् । निरन्तर आन्दोलन हुँदा अस्पताल नै बन्द भएको भन्ने भ्रम जनमानसमा फैलिएको सोमबार जारी विज्ञप्तिमा भनिएको छ । यसले समग्र धरान तथा धरानबासीहरुमा नकरात्मक प्रभाव परेको संघको बुझाई छ ।
लामो समयदेखि प्रतिष्ठानको विषयमा बन्द हडताल र बेथितिको विषयमा समाचार आउँदा सेवाग्राहीहरु निजी अस्पाताल उपचारका लागि जाने गरेको बताइएको छ ।आन्दोलनरत चिकित्सकले विगतमा भएको सहमति कार्यन्वयन गर्न सात दिने अल्टिमेटम दिएको भए पनि सरकारले चासो नदिदा प्रतिष्ठानको समस्या झन बढेर गएको छ । 
‘चिकित्सकहरु नै आन्दोलनमा भएको र पदाधिकारीहरु भ्रष्ट भएको सन्देश बाहिर गएको छ । त्यसले गर्दा विरामीको चाप घटेको छ ।’–प्रतिष्ठानका एक चिकित्सकले भन्नु भयो । बजारमा प्रतिष्ठानको अस्तव्यस्ताको विषयमा समाचार निरन्तर आउदा विरामी उपचार, ल्याव टेष्टलगायतबाट आउने आम्दानी ५० प्रतिशत घटेको प्रतिष्ठानको आर्थिक प्रशासन महाशाखाले जनाएको छ ।
ओपिडीमा विरामी केही कम भएको झन शल्यक्रियाबाट हुने आम्दानी निकै घटेको प्रतिष्ठानका सामान्य प्रशाासन विभवागका प्रमुख अशोक साहले जानकारी दिनु भयो । विमाकाकारण ओपिडीमा विारमी आउछन् तर विमा हुनेहरुबाट अस्पताललाई ठूलो घाटा रहेको उहाँले बताउनु भयो । विमा बोर्डले लामो सयमदेखि साधभर्ना नदिएको उहाँको भनाई छ । झण्डै १३ करोड विमा बोर्डबाट प्रतिष्ठानले लिन बाँकी भएको साहले जनाउनु भयो । पदाधिकारीहरुले मन्त्रालय, विमाबोर्ड तथा अन्य क्षेत्रबाट ल्याउने बजेट हाल रोकिएका कारण प्रतिष्ठानलाई समस्या भएको उहाँको भनाई छ ।