goru_gada
तस्विरमा भएको यो गोरु गाढा इटहरी उपमहानगरपालिका–४ मा एक कृषकले आफ्नो उत्पादन बजार लादैं गरेको अवस्थामा । तस्विर: विजयपुर खवर

इटहरी / मधेशमा सबै भन्दा पहिले यातायातको साधानको रुपमा प्रयोग भएको गोरुगाढा यति बेला लोप हुने अवस्थामा छ । राँगा र गोरुले गाढा तानेर हाट बजार जाने, विवहामा जन्ती जाने, सामान ढुवानी गर्ने एक मात्र साधानको रुपमा गाढा प्रयोग हुने गरेको थियो । गोरु वा राँगाले तान्ने यो मौलिक साधन कृषि प्रयोजनका लागि धेरै स्थानीयले प्रयोगमा ल्याएका थिए । शुरुमा काठमा चक्का राखेर यो बनाइथ्यो । पछिल्लो समयमा काठको चक्काको साटो टायरको चक्का राख्न थालिएको थियो । हाल भने यस्ता गाढा मधेशमा विरलै देख्न पाइन्छ । आधुनिकतासँगै सिटी सझारी, अटोरिक्साजस्ता सवारीहरुले पुरानो मौलिक यातायातको साधान विस्तापित भएको छ ।

goru_gada