धरान / सुनसरीको रामधुनी नगरपालिका –५ झुम्कामा रहेको म्याजिक सिनेमा हलमा आज विहान आगलागी भएको छ । बिहान ९ बजेबाट आगलागी सुरु भएको थियो ।
रामधुनी ५ झुम्कास्थित साइराम मार्केटमा रहेको सिनेमा हलमा लागेको आगो दुई घण्टा पछि नियन्त्रणमा आएको थियो ।
आगलागी नियन्त्रणका लागि इटहरी, कोशी गाउँपालिका र इनरुवाका इटहरी उपमहानगरपालिका बराहक्षेत्र नगरपालिका दुहबी नगरपालिकाको दमकल, नेपाल प्रहरी शसस्त्र प्रहरी र स्थानीय जुटेका थिए ।
क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

240855648_1208502859614168_7428224032276509_n

240847491_1208502902947497_4302265077084159333_n