धरान । धरानस्थित बिपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार प्राडा माेहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिनु भएकाे छ ।

आज प्रधानमन्त्री कार्यालयमा राजीनामा दिनुभएकाे हाे । तीन दिन पछिकाे मितिमा राजीनामा दिएकाे बताइएकाे छ । छानविन समितिलाई छानविन गर्न सजिलाे हाेस् भनेर राजीनामा गरेेेेेकाे उहाँले बताउनु भयाे । पदमा हुँदा आफुले प्रतिष्ठानलाई नाेक्सान हुने केही नगरेकाले जुनसुकै विषयमा छानविन हुदा सहयाेग गर्ने डा. रेग्मीले बताउनु भयाे । उहाँ  स्त्री राेग तथा प्रसुती विभागमा विगत १६ बर्षदेखि प्रतिष्ठानमा सेवारत हुनुहुन्थ्याे ।

प्रतिष्ठानमा बेथिति बढेकाे भन्दै पदाधिकारीलाई हटाउन माग गर्दै चिकित्सकहरूले आन्दाेलन गर्दै आएका थिए ।

एक बर्ष अधि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले उहाँकाे नियुक्ति गर्नु भएकाे थियाे ।