धरान / झण्डै तीन महिनादेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तव्यस्त छ । चिकित्सकहरु आन्दोलनमा छन् । शुरुमा सेवा सुविधा, बढुवालगायतका विषयमा उठान गरेर भएको आन्दोलन हाल आएर शुद्धिकरण अभियान चलिरहेको छ । महिनौदेखि पदाधिकारीहरुको कार्यकक्षमा लागेको ताला खुलेको छैन् । सम्बन्धित मन्त्रालय काममा तेल हालेर बसेको छ । आन्दोलनकारी र स्वास्थ्य मनत्रालय विच ६ बुँदे सहमति भए पनि पदाधिकारीहरुको कार्यकक्षको ताला नखुलाउनु विडम्बना हो ।
पदाधिकारी, कर्मचारी, चिकित्सकहरु कै मिलेमतोमा प्रतिष्ठानमा व्यापक अनियमितता भएको छानविन कार्यदलका प्रतिवेदनहरुले बताए पनि दोषी उपर कारवाही अहिलेसम्म शुरु गरिएको छैन् ।
प्रतिष्ठानमा तालबन्दीले समस्या भएको भन्दैं राष्ट्रिय प्रजातन्त्र पार्टी धरानले पदाधिकारीहरुको कार्यकक्षमा जारी तालाबन्दी खोल्न माग गरेको छ ।

राप्रपा धरानका अध्यक्षपनि राप्रपाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । उक्त तालाबन्दीको कार्यक्रम फिर्ता लिन आन्दोलनकर्मीहरुसँग सहजीकरण र पहल गर्न राप्रपाले सबै पक्षसँग अनुरोधसमेत गरेको छ । राप्रपाले छानबिन प्रतिवेदनको आधारमा दोषीहरुलाई कारबाही नविन पराजुलीले बिहिबार एक विज्ञप्ती जारी गर्दै पदाधिकारीहरुको कार्यकक्षमा जारी तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ ।
प्रतिष्ठान स्वच्छ हुनुपर्ने, खरिद कार्य पारदर्शी हुनुपर्ने, स्वास्थ्य सेवा छिटो र छरितो हुनुपर्नेलगायत हालको शुद्धिकरणको मागको पक्षमा रहे पनि आधिकारिक निकाय र सरकारलाई अविश्वास गरि पदाधिकारीहरुको कार्यकक्षमा जारी तालबन्दी स्वीकार गर्न नसकिने विज्ञप्तिमा भनिएको छ ।
आन्दोलनकर्मीहरुलाई चाँडो भन्दा चाँडो पदाधिकारीहरुको कक्षमा लगाइएको ताला खोलेर प्रतिष्ठानको दैनिक कार्य सुचारु गराउने वातावरण सिर्जना गर्न राप्रपाले माग गरेको छ ।

‘लामो समय तालाबन्दी हुँदा पदाधिकारीहरु काम गर्नबाट बञ्चित हुने र प्रतिष्ठानको मुल जगलाई कमजोर बनाई र भत्काई धरानलाई पुनः मृत शहरमा परिणत गर्ने आशय प्रतिबिम्बित भएको छ । साथै, अख्तियारलाई संकलन भएको फाइल, कागजपत्र अध्ययन गरि कानुनी हिसाबले निक्यौल गर्न केही समय दिनुपर्ने र खवरदारी भने जारी राख्नु पर्ने छ ।’–विज्ञप्तिमा भनिएको छ ।

गत असार १ गतेदेखि प्रतिष्ठान सुद्धिकरण आन्दोलन गरिरहेको संयुक्त संघर्ष समितिले असार १६ गते उपकुलपति, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशक गरि चारै जना पदाधिकारीको कर्यकक्षमा तालाबन्दी छ । उनीहरुले चढ्ने गाडीसमेत आन्दोलनकारीले कब्जा गरेका छन् ।
आन्दोलनको माग वमोजिम उच्चस्तरीय छानबिन कार्यदल गठन भएर प्रतिवेदन सरकारलाई बुझाइ पनि सकेको छ । समितिले दोषीलाई कारबाही गर्न सुझाव पनि दिएको थियो । राप्रपाले प्रतिष्ठानलाई अनिर्णयको बन्दी नबनाउन अपिल गरेको छ ।