धरान / यति बेला सुनसरी प्रहरीको ध्यान फरार अपराधीहरुमा केन्द्रित गरेको छ । बषौं अगाडी अदालतबाट सजाय फैसला भएको तर खुलेआम डुलीरहेका अपराधीहरुलाई देख्दा पीडितको मन नदुख्ने कुरै भएन । यही कुरालाई मधयनजर राखेर दुईमहिना अघि सुनसरआउनु भएका एसपी सञ्जयसिंह थापाले फरार अपराधी पक्राउ अभियान नै सञ्चालन गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले एकै दिन ८३ जना फरार अपराधीहरुलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत सुनसरीको अभिलेखमा कायम भएको वेरुजु फर्छ्योट गर्न र अदालतवाट भएका फैसलाहरुको कार्यान्वायन गराउने अभियान अन्तर्गत प्रहरीले बुधबार एकै दिन ८३ जनालाई पक्राउ गर्न सफल भएको हो ।
उनीहरुलाई बुधबार नै जिल्ला अदालतमा हाजिर गराई कैद भुक्ताानीका जेल चलान गरिएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिनु भयो ।
अदालतको अभिलेखमा वेरुजु कायम रहेको कैद सजाय मध्ये ८० वर्ष २ महिना २३ दिन र १४ लाख ७९ हजार ५ सय जरिवाना असुल भएको एसपी थापाले जानकारी दिनु भयो ।
पक्राउ पर्नेहरुमा गर्भपतन, मानव वेचविखन, सवारी ज्यान, लागु औषध, जब्वरजस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्वन्ध विच्छेद, भ्रष्टचार, गाली वेईज्जती,, आदी मुद्दा अन्तरगतका रहेको प्रहरीले जनाएको छ । यस अघि सुनसरी प्रहरीले एक महिनामा २३८ जना फरार अपराधीहरुलाई पक्राउ गर्न सफल भएको छ ।

याे पनि-

एक महिनामा २३८ फरार अभियुक्तहरु पक्राउ, टोले दादा , गुण्डाहरुको भागाभाग