धरान / प्रदेश १ मा मुख्यमन्त्री परिवर्तनका तयारी शुरु भएको छ । हालका मुख्यमन्त्री शेरधन राईले राजिनामा दिएर सुनसरी क्षेत्र नं. १ ख का सांसद भीम आचार्यलाई मुख्यमन्त्र िबनाउन लागिएको हो । प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्रीको शपथग्रहणको तयारी सुरु गरेको छ ।

नेकपा एमाले प्रदेश १ संसदीय दलको आजको बैठकमा मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने र भीम आचार्यलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने कार्यसूची बनेको थियो । मुख्यमन्त्री परिवर्तनको सूचना पाएपछि प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरेको हो ।
नयाँ मुख्यमन्त्रीको रुपमा भीम आचार्यलाई बिहीबार दिउँसो १ बजे शपथग्रहण गराउने तयारी छ । प्रदेश प्रमुखको कार्यालय स्रोतका अनुसार दिउँसो १ बजे शपथग्रहण गराउने तयारी भएको हो ।

एमाले संसदीय दलको बैठक बिहान ११ बजे राखिएको थियो । भीम आचार्य आजै काठमाडौंबाट आउनु भएको छ । मुख्यमन्त्रीले पार्टीसँग छलफल गरेर राजिनामा दिन लागेका हुन । आन्तरिक संघर्षमा रहेका आचार्यसहितको टिम एमालेमा रहेर पार्टीलाई २०७५ जेठ २ अनुसार अघि बढाउने सहमति अनुसार एमाले पार्टी सचिवसमेत रहनु भएका आचार्यलाई मुख्यमन्त्रीको जिम्मेवारी दिन लागिएको हो । प्रदेश १ मा एमालेबाट ५० सांसद रहनु भएको छ । बहुमतका लागि ४७ सांसद चाहिन्छ ।