काठमाडौँ /  माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले विधान सार्वजनिक गरेको छ ।
विधानले १७ सदस्यीय केन्द्रीय पदाधिकारी, १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको छ ।
पार्टीको विधानमा केन्द्रीय कमिटी अध्यक्ष १, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २, सचिव ७ गरी जम्मा १७ जना पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक गरी जम्मा १५१ सदस्यीय हुने व्यवस्था गरिएको छ । उक्त विधान आज सार्वजनिक गरेको हो ।