काठमाडौं / माधव नेपाल समूह छाडेका दोश्रो तहका नेताहरुसहित पहिलोपटक बसेको स्थायी कमिटी बैठकले आगामी मंसिर १०, ११ र १२ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठक पछि मंगलबार प्रवक्ता प्रदीप ज्ञवालीले सोबारे जानकारी दिनु भयो ।

एमालेले २०७५ जेठ २ का सबैक कमिटी सक्रिय भएको ज्ञवालीले जानकारी दिनु भयो । बैठकले पार्टी सदस्यता नवीकरण गर्ने, विधान महाधिवेशन आगामी असोज ४, ५ ६ गते काठमाडौंमा गर्नेसमेत तय गरेको छ । विधान महाधिवेशनका लागि दस्तावेज तयार गर्न भदौ २५ र २६ स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

यस्तै एमालेले आगामी कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका, नगर अधिवेशन गर्ने निर्णय गरेको छ । साथै, भदौ १६ देखि जिल्ला कार्यकर्ता भेला र जनसंगठनका भेला गर्ने तथा भदौ १० गते केन्द्रीय कमिटीको बोलाउने निर्णय भएको छ ।
बैठक पछि सामुहिक तस्विर खिचेर नेताहरु छुट्नु भएको छ । एमालेमा १० बुँदे सहमति कार्यान्वयनसँगै पहिलोपटक असन्तुष्ट समूहसहितको स्थायी कमिटी बैठक च्यासलमा बसेको हो । माधवकुमार नेपालसहित तीन जना स्थायी कमिटी सदस्य भने नयाँ दल बनाएर बाहिरिनु भएको छ । दोस्रो तहका अधिकांश नेता एमालेमा फर्किनुभएको छ ।