धरान / बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि तथा बराह ग्रुपको २७ र्आं बार्षिक उत्सव कोराना महामारीका कारण औपचारिक कार्यक्रम गरेर नमनाएको कमपनिले जनाएको छ ।
प्रत्येक बार्षिक उत्सवहरुमा रक्तदानलगायतका सामाजिक काम गदैं आएको बराहले गत बर्ष पनि बार्षिक उत्सव मनाउन पाएको थिएन् ।
बराह बचत तथा ऋण सहकारी र बराह सपिङ कम्प्लेक्स धरानको भानुचोकबाट आजैदेखि धरान–८ स्थित भोटेपुलबाट सेवा प्रदान गर्न थालिएको बराह ग्रुपका मिडिया संयोजक  प्रमोद पोर्तेलले जानकारी दिनु भयो ।
गोर्खा डिपार्टमेन्टबाट ६ महिनाअघि व्यपारिक भवन खरिद गरे पछि केही सेवा नयाँ भवनमा विस्तार गरेको हो । धरानको भानुचोकबाट पनि अन्य सेवाहरु सुचारु रहेको संयोजक पोर्तेलले जानकारी दिनु भयो ।