धरान / सुनसरी देवानगंज गाँउपालिका–२ मध्यहर्षाही पेट्रोल पम्प नजिक नेपाली नक्कली नोट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको टोेलिले द्यच्छण्(क्(डद्धण्ट नम्वरको मोटरसाइकलमा सवार भारतको अररिया रामनगर बस्ने ४० बर्षीय नवल किशोर पाल र अर्का ३२ बर्षीय सुमन पाललाई एक सयको दरका १६ थान नेपाली नक्कली जाली नोट फेला पारेको थियो ।
शुक्रबार नै जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरि अनुसन्धान थालिएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।
दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छ्द २२ मुद्रा सम्वन्धि कसुर अन्तरगत मुद्वा चलाइएको प्रहरीले जनाएको छ ।