काठमाडाै / अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेपछि तालिबानले लडाइँ सकिएको दाबी गरेको छ।

काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिमी शक्तिराष्ट्रका दूतावासका कर्मचारी र नागरिकहरू आफ्नो देश फर्किन आतुर अवस्थामा बसेका खबरहरू आएका छन्।

अमेरिकाले त्यहाँ कुल ६,००० सेना पठाउँदै छ। तीमध्ये आधाभन्दा बढी काबुल पुगिसकेका छन्। काबुलबाट कैयौँ मानिसहरू घर छाडेर भागिरहेको खबर आएको अफगान राष्ट्रपति पनि आइतवार विदेश पलायन भएका छन्।

कहाँ गए राष्ट्रपति

ghani
REUTERS

देश छाडेपछि अफगान राष्ट्रपति अशरफ घानी कहाँ गए भन्ने चासो सर्वत्र देखिएको छ। अफगान उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि काबुल छाडेको बताइएको छ।

सुरुमा राष्ट्रपति घानी भागेर ताजिकिस्तान गएको बताइएको थियो। तर पछि अल जजिरा टेलिभिजनले उशहाँ उज्बेकिस्तानको राजधानी तासकन्द पुगेको समाचार प्रसारित गर्‍यो। अल जजिराका अनुसार राष्ट्रपति घानी, उहाँकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार तासकन्द पुग्नु भएको बताइएको छ ।

अल जजिराले राष्ट्रपतिका निजी सुरक्षा गार्डलाई उद्धृत गर्दै यस्तो समाचार दिए पनि त्यसको स्वतन्त्र पुष्टि भने भएको छैन।

यसैबीच एउटा फेसबुक पोस्टमा अफगान नागरिकहरूलाई सम्बोधन गर्दै घनीले काबुल छाड्नु आफ्ना लागि एउटा कठिन फैसला भएको बताउनु भएको छ । उहाँले रक्तपात रोक्नका लागि उक्त निर्णय लिएको भन्दै स्पष्टीकरण दिनु भएको छ ।

उहाँले आफू काबुलमा बसेको भए तालिबान काबुल आएपछि झडप हुनसक्ने र त्यसबाट लाखौँ मानिसको ज्यान खतरामा पर्न सक्ने सम्भावना औँल्याउनु भएको छ ।
घानीले फेसबुक पोस्टमा लेख्नु भएको छ –आज मैले एउटा कठिन निर्णय गर्नुपर्ने थियो (ष्ट्रपति भवन आउन खोज्ने सशस्त्र तालिबानसमक्ष म उभिनुपर्थ्यो या प्यारो देश जसको सुरक्षार्थ विगत २० वर्ष मैले आफ्नो जीवन समर्पण गरेँ त्यो छोड्नुपर्थ्यो।

ूत्यस क्रममा अनगिन्ती मानिसहरू मारिन्थे र हामीले काबुल सहरको विध्वंश देख्नुपर्थ्यो, त्यसबाट ६० लाख जनसङ्ख्या भएको सहरमा ठूलो मानवीय त्रासदी उत्पन्न हुन्थ्यो। उहाँले तालिबानले हतियारको बलमा विजय हासिल गरेको लेखेका छन्।

त्यस्तै उहाँले अब अफगानहरूको इमान, सम्पत्ति तथा आत्मसम्मानको रक्षाको जिम्मा तालिबानको भएको बताउनु भएको छ ।
उहाँले लेख्नु भएको छ –तर उनीहरूले मन जित्न सक्दैनन्। इतिहासमा कहिल्यै पनि कसैलाई पनि शक्तिले मात्र यो हक प्राप्त भएको छैन र मिल्ने पनि छैन। अब उनीहरूले –एउटा ऐतिहासिक परीक्षाको सामाना गर्नुपर्नेछ।

तालिबानसँगको वार्ताको नेतृत्व गरेका अब्दुल्लाह अब्दुल्लाहले घानी देशबाट पलायन भएको आइतवार नै पुष्टि गर्नु भएको थियो ।

को हुन् अशरफ घानी
अशरफ घानी दुई पटक अफगानिस्तानका राष्ट्रपति निर्वाचित हुनु भएको थियो । उहाँ पहिलो पटक सन् २०१४ मा र दोस्रो पटक २०१९ मा राष्ट्रपति बन्नु भएको हो । उहाँ देशका चर्चित शिक्षाविद् हुनुहुन्थ्यो । उहाँले आफ्नो जीवनको अधिकतम समय देशबाहिर नै बिताउनु भएको थियो ।

राष्ट्रपति पद सम्हालेपछि उहाँलाई एकदमै इमानदार व्यक्तिका रूपमा चित्रित गरिएको थियो। तर चाँडै उहाँलाई चाँडै रिसाउने व्यक्तिका रूपमा पनि चिन्न थालियो।

उहाँ अफगानिस्तानका बहुसङ्ख्यक पाश्तुन समुदायका व्यक्ति हुन्। उहाँलाई तालिबानले सधैँ अमेरिकाको कठपुतलीका रूपमा चित्रित गर्ने गरेको छ।
सरकार गठनको ुतयारी गर्दैु तालिबान

तालिबानका एक प्रवक्ताले अफगानिस्तानमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी थालिएको बीबीसीलाई बताएका छन्। देशका अधिकांश भागमा नियन्त्रण कायम गरेपछि तालिबान लडाकुहरू आइतवार राजधानी काबुल प्रवेश गरेका थिए।

उनीहरूले सोही दिन राष्ट्रपति भवनलाई पनि आफ्नो नियन्त्रणमा लिएका थिए। अफगान राष्ट्रपति अशरफ घानी तथा अन्य केही वरिष्ठ अधिकारीहरू देश छोडेर अन्यत्र पलायन भएपछि त्यहाँ शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्न वार्ता गरिएको थियो।

तालिबान झन्डै २० वर्षपछि सत्तामा फर्किन लागेको हो। सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा आक्रमण गरेर तालिबान सत्ताच्युत भएको थियो। अहिले पुन सत्तानजिक पुगेको बेला उक्त लडाकु समूहले आफूलाई उदार देखाउने प्रयास गरिरहेको छ।

काबुल नियन्त्रणमा लिइसकेपछि तालिबानले एउटा भिडिओ सार्वजनिक गरेको थियो । यसअघि आइतवार दोहास्थित तालिबान वार्ता टोलीका एक सदस्यले बीबीसीसँग कुरा गर्दै अफगान जनतासँग प्रतिशोध नलिने बताएका थिए।

हामी अफगान जनता विशेषतः काबुलवासीलाई उनीहरूको सम्पत्ति र जीवन सुरक्षित छ, कसैसँग पनि प्रतिशोध लिइनेछैन भनेर विश्वस्त पार्न चाहन्छौँ, उनीहरुले भनेका छन् । तर धेरै अफगानहरूमा सन् १९९० को दशकको जस्तो निर्दयी शासन फर्किन्छ कि भन्ने डर देखिन्छ। पहिला शासनमा हुँदा तालिबानले सार्वजनिक रूपमा मृत्युदण्ड दिने गरेको थियो भने बालिकाहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएको थियो।