धरान / कर्तव्य ज्यान मुद्दाका १८ बर्षदेखि फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । सुनसरी जिल्ला अदातलतको २०६० साउन ३० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सुनसरको दुहबी –४ वस्ने गुलाब भन्ने गुलाम मियालाई पक्राउ गरिएको हो ।
ती मियाँलाईृ गत शनिवार आफ्नै घरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार अदालतमा पेस गरि तोकिएको सजाय भोग गर्न क्षेत्रीय कारागार झुम्का पठाइएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयंसिह थापाले जानकारी दिनु भयो ।
पक्राउ परेका मिंयाले साविक दुहवी गाविस–५ वस्ने दुखनी थरुनीलाई बाँसले टाउँकोमा प्रहार गरी कर्तव्य गरी मारेको कसुरमा २० वर्ष कैदको फैसला भएको थियो ।