धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशकले प्रतिष्ठान डुब्ने अवस्थामा पुग्नुमा तीन पदाधिकारीलाई मुख्य दोषी रहेको बताउनु भएको छ ।
प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरिशंकर शाहले विज्ञप्ति जारी गर्दै आफु कनिष्ट पदाधिकारी भएको र आफु कार्यरत रहदा प्राडा राजकुमार रौनियार, प्राडा गुरुप्रसाद खनाल र हालका उपकुलपति डा. ज्ञानेन्द्र गिरी शक्तिमा हँुदा प्रतिष्ठानको नियमावली प्रदत्त अधिकारबाट बञ्चित गरी आफुलाई टिप्पणीकर्ता, सिफारिसकर्ता मात्र बनाएको बताउनु भएको छ ।
आफुमा कुनै अधिकार नै नदिएको र दोषी भएकोा भन्दैं राजिनामा मागिएको प्रति ध्यानकर्षण भएको उहाँले विज्ञप्ति जारी जनाउनु भएको छ ।
उहाँले आफुलाई कार्यवाहक उपकुलपति प्रडा गुरु खनालले समेत अधिकार विहिन बनाएर राखेको, आफु माताहतमा रहेको डेपुटी अस्पताल निर्देशक नियुक्ति मेरो सिफारिस विना नियुक्ति गरी मेरो अधिकार समेत निजलाई प्रत्यायोजन गरी मलाई पूर्ण रुपमा अधिकार विहिन बनाएर राखेकोसमेत विज्ञिप्तमा उल्लेख गर्नु भएकको छ ।
तत्कालिन समयमा कार्यवाहक उपकुलपति प्रा।डा। खनालले दिलिप ठाकूरलाई डेपुटी अस्पताल निर्देशक बनाएर आर्थिक कारोबार गरेका गर्नु भएको थियो । साहले बर्तमान उपकुलपति डा. ज्ञानेन्द्र गिरीले समेत नियुक्ति लिएर आउने वित्तिकै आफुलाई हटाउन सड्यन्त्र गरेको बताउनु भएको छ । डा. गिरीले प्रतिष्ठानकै केही पदका आकांक्षीहरुको उक्साहटमा आई मलाई अधिकार प्रत्यायोजन नगर्ने र पदबाट हटाउने पड्यन्त्र गरेको उहाँको भनाई छ । यर्थाथ कुराको अनुसन्धान र विगतका तथ्यहरुलाई नबुझि स्वास्थ्य राज्यमन्त्रीसमेतले आफुलाई मन्त्रालयमा बोलाएर बिना कारण राजिनामा दिनु भन्नु उचित नभएको विज्ञप्तिमा भनिएको छ ।
प्रतिष्ठानका तीन पदाधिकारीको शक्ति संघर्षमा आफु परेको बताउँदै आन्दोलनरत पक्षले चारै जनाको राजिनामा माग्नु गलत भएको अस्पताल निर्देशक साहको भनाई छ । असार १५ गते आन्दोलनरत पक्षसँगको वार्तामा आफु कोरोना पोजेटिभ भएर बसेकोले संलग्न नभएको, सोही दिनदेखि वार्ता भाडिए पछि प्रतिष्ठानको संवादको वातावरण विग्रिएको उहाँले बताउनु भयो । आन्दोलनरत पक्ष र प्रतिष्ठानविचको दुरी बढ्नुमा उपकुलपति, रेक्टर, रजिष्टार जिम्मेवार भएको उहाँको ठहर छ ।
चारै जना पदाधिकारीको राजिनामाको माग उठ्ने मुख्य कारण रहेको गत असार १५ गतेको आन्दोलनरत पक्षसँगको वार्तामा मादक पदार्थ सेवन गर्ने उपकुलपति र गराउने अनैतिक कार्य साथ वार्तामा तीन जना पदाधिकारीहरु उपस्थित हुने र मादक पदार्थ सेवन सम्बन्धी सूचना गोप्य रुपमा एसएमएस वा अन्य माध्यमबाट प्रवाहित गरि अतिरञ्जित बनाई वार्ता असफल गराउने खेल भएको उहाँको दावी छ ।
उपकुलपति गिरीले प्रतिष्ठानका सम्पूर्ण अधिकारहरु केन्द्रीत गरेर बसेका आफ्नो नियुक्तिको भोलीपल्टै देखि शक्ति संघर्षमा लागेर प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाएको उहाँको ठहर छ ।। तीन जना पदाधिकारीले राजिनामा दिए प्रतिष्ठानमा ‘नयाँ सोच र नयाँ नेतृत्व’ को स्थापना गरी प्रतिष्ठानको साख पुरानै अवस्थामा उठाउन सकिने समेत उहाँको दावी छ ।
‘यसै प्रतिष्ठानमा आफ्नो पेसागत जीवन अपर्ण गर्ने मेरोआत्मबोधले हालको अवस्था सिर्जन ागर्न जिम्मेवार म भन्दा पनि बरिष्ट तनि जना पदाधिकारीहरु राजीनामासँगै प्रतिष्ठानमा नयाँ नेतृत्व स्थापित गर्न नेपाल सरकारलाई सहयोग गर्न आफु सदैव तयार रहेको जानकारी गराउदछु ।’– विज्ञप्तिमा भनिएको छ ।
उहाँले आफ्नो प्राध्यपक पद स्थायी भएको र पदाधिकारी अस्थायी भएकाले मार्ग प्रसस्त गर्न उहाँले तीन पदाधिकारीहरुलाई सुझाउनु भएको छ ।


















