धरान / देशव्यापी रुपमा नै पहिलो पटक प्लस टु कक्षामा फुड एण्ड न्युट्रेसनको अध्ययपन शुरु गर्न लागेको मेघा हिमालयन कलेजले आधा करोड लगानीमा आधुनिक प्रविधी युक्त विज्ञान प्रयोगशाला बनाएको छ ।
बिज्ञान संकाय तर्फका फिजिक्स, केमेस्ट्री र वायलोजी विषयका विद्यार्थीहरुको लागि धरानकै उत्कृष्ट विज्ञान प्रयोगशाला रहेको कलेजले जनाएको छ । अहिले विद्यार्थी भाइवहिनिहरुसंगै धेरै कुराहरु प्राविधिक र आधुनिक रुपमा नै अपडेट भइरहेको छ । समय अनुसार अपडेट गराउदै विद्यार्थीहरुलाई शिक्षा दिन सके मात्र उनीहरुको भविष्य उज्वल हुन सक्ने भएकोले आधुनिक प्रयोगशाला निर्माण गरिएको धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वुले जानकारी दिनुभयो ।
यससगै कलेजले अन्य विषयको लागि आवश्यक भौतिक पुर्वधार धमाधम निर्माण संपन्न गरिहरहेको समेत अध्यक्ष लिम्वुले बताउनु भयो । समयको माग अनुसार नै कलेजले सम्पुर्ण पुर्वाधारहरु निर्माण गरेको छ। कम्पुटर साइन्सको लागि छुट्टै ल्याव, होटल म्यानेजमेन्ट र विज्ञान संकाय र व्यवस्थापन संकायको लागि वेग्लावेग्लै भवन निर्माण भइरहेको कलेजले जनाएको छ । कक्षा संचालन सुरु हुन अघि सम्पुर्ण भौतिक पुर्वधारहरु निर्माण भइसक्ने अध्यक्ष लिम्वुले जानकारी दिनु भयो ।
फुड एण्ड न्युटे्रसन सहित कलेजले व्यवस्थापन संकाय, विज्ञान संकाय, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स विषयको अध्यपन सुरु गर्न लागेको छ । पहिलो चरणको प्रवेशिका परीक्षामा सवै विषयको रजिस्ट्रेसन र्फम भरेको अनुसार हेर्दा तीन देखि ४ सय जना विद्यार्थीले सहभागिता जनाउने कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिनुभयो । कलेजले प्रवेशीका परीक्षामा विद्यार्थीहरुको पर्फमेन्स हेरेर सोहि वमोजिम कक्षा सेक्सन व्यवस्थापन गर्नुका साथै एक सेक्सनमा ३५ जना विद्यार्थी भन्दा वढि अध्यापन नगराइने घिमिरेले बताउनु भयो । कलेजले परीक्षमा उत्कृष्ट विद्यार्थीसंगै विभिन्न विद्याका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृतmी समेत प्रदान गर्ने योजना रहेको कलेजले जनाएको छ ।