धरान । धरानस्थित बिपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  अख्तियार दुरूपयाेग अनुसन्धान आयाेग टंगालले छापा मारेकाे छ ।

एसएसपी टेक तामाङकाे नेतृत्वमा आएकाे टाेलीले  विहिबार आवश्यक कागज पत्र नियन्त्रणमा लिएकाे हाे । पूर्व उपकुलपति डा विपी दास, डा राजकुमार राैनियार, हालका उपकुलपति डा ज्ञानेन्द्र गिरीलगायतका दर्जनाै भ्रष्टचारका मुद्दा अख्तियारमा विचाराधिन छन् । लेखा, प्रशासन, स्टाेर शाखाबाट आवश्यक कागज नियन्त्रणमा लिइएकाे एसएसपी तामाङले जानकारी दिनु भयाे ।

व्यापारी र विचाैलियाहरूसाँगकाे मिलेमताेमा पदाधिकारी र कर्मचारीहरूले अनियमिता गरी प्रतिष्ठानलाई धारासायी बनाएकाे भन्दै दुई महिनादेखि चिकित्सकहरू आन्दाेलनमा छन् । उनीहरूले अख्तियारमा अड्किएका मुद्दालाई हेर्न माग गर्दै आएका थिए ।

प्रतिष्ठानमा मेडिकल सामान खरिद, भवन निर्माणलगायतमा व्यापक अनियमिता भएकाे महालेखा परीक्षण कार्यालयले ठहर गरेकाे छ ।